कांग्रेसलाई चुनाव स्वीकार्य छ



न्युज अफ नेपाल, काठमाडौं । 

वहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले संसद विघटन गर्ने सिफारिसका साथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय पुगेसंगै राष्ट्रिय राजनीतिमा नया तरङ्ग आएको छ ।

नेकपा भित्रको आन्तरीक विवादको चरम उत्कर्षको रुप संसद विघटन सम्म पुगेपछि अबको रणनीति तय गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसको आकस्मिक बैठक बस्दैछ । वर्तमान पदाधिकारी, पुर्व पदाधिकारी तथा राजधानीमा उपलब्ध केन्द्रिय सदस्यहरुको सहभागितामा बस्ने बैठकको निर्णय केही बेरमा आउने छ ।

संसद विघटनको सिफारिसले सिङ्गो मुलुक नै तरङ्गित भैरहेको बेल काग्रेस केन्द्रिय सदस्य शीवप्रसाद हुमागाईले भने चुनावमा जाने कुरालाई काग्रेसले नकार्न नहुने बताएका छन् । आगामी वैशाख २३ गते आम निर्वाचन गर्ने संसद विघटन गर्ने मन्त्रीपरिषदको निर्णय माथि टिप्पणी गर्दै काग्रेस केन्द्रिय सदस्य हुमागाईले भने– यसको संवैधानीक व्याख्या अदालतले गर्ने भएपनि जनताको जनमत लिन जाने कुरालाई काग्रेसले स्वीकार्ने बताए ।

नेकपा नेतृत्वको वहुमत प्राप्त सरकारले ३ वर्ष सम्म पनि जनतालाई सेवा सुविधा दिन नसकेको भन्दै सामाजिक सञ्जालमा सिङ्गो नेकपाको चर्को नकारात्मक आलोचना भैरहेको बेला काग्रेस केन्द्रिय सदस्य हुमागाईले पनि चुनावमा जान नेपाली काग्रेस तयार रहेको बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्