युवा उद्यमशीलताका लागि रावा बैंक र परिषद्बीच सम्झौता



काठमाडौं, (नेस) ।

युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पाँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ । बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल सम्झौतापछि हट्ने बताउँदै लाखांै युवा उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष ढुंगेलले यो तालिमले युवालाई व्यवसाय र सीप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्