अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं : काँग्रेस प्रवक्ता शर्मा



न्युज अफ नेपाल, काठमाडौं ।

मन्त्रिपरिषदले संसद विघटनको सिफारिस गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे संवैधानिक प्रतिवाद गर्ने जनाएका छन्।

उनले संवैधानिक रुपमा पनि प्रतिवाद गर्ने जनाउँदै भने ,’हामी संवैधानिक रुपमा पनि प्रतिवाद गर्छौं र अधिनायक आकंक्षाको अन्तिम प्रयत्नलाई असफल पार्छौं।’ आज बिहान बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले संसद विघटनको प्रस्ताव गरेको हो ।

सोही प्रस्तावलाई सदर गराउन प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्