भारत ३६ रनमा अलआउट हुँदा अस्ट्रेलियाको जित



नयाँदिल्ली, (एजेन्सी) । 

भारतीय टिम ३६ रनमा अलआउट भएपछि घरेलु टिम अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो टेस्ट ८ विकेटले जितेको छ ।

अस्ट्रेलियाका बलर जोश हेजलवुड र पेट कमिन्सले घातक बलिङमा पाहुना टिम भारत निकै न्यून रनमा अलआउट भएको हो । हेजलवुडले ८ रन दिएर ५ विकेट लिँदा पेट कमिन्सले २१ रन दिएर ४ विकेट हासिल गरेका थिए । ११ नम्बरका भारतीय खेलाडी मोहम्मद शामी रिटायर्ड हर्ट भएका थिए ।

यो टेस्टतर्फ सन् १९५५ पछिको न्यूनतम स्कोर हुनुका साथै भारतीय क्रिकेटको सबैभन्दा न्यूनतम स्कोर पनि हो । सन् १९५५ मा न्युजिल्यान्ड टिम इंग्ल्यान्डविरुद्धको टेस्टमा २६ रनमै अलआउट भएको थियो ।

योसँगै अस्ट्रेलियाले जितका लागि ९० रनको लक्ष्य पाएको थियो । जसलाई अस्टे«लियाले २ विकेट गुमाएर लक्ष्य पार ग¥यो । तेस्रो दिनमै जित हासिल गरेपछि अस्टे«लियाले ४ टेस्ट सिरिजमा भारतविरुद्ध १–० को अग्रता पनि लिएको छ । विजेता टिमका लागि ओपनर जोए बन्र्स ५१ रनमा नटआउट रहे । दोस्रो टेस्ट २६ डिसेम्बरमा मेलबर्नमा शुरू हुनेछ ।

भारतले १ विकेटको क्षतिमा ९ रनबाट हिजोको खेल शुरू गरेको थियो । टिमलाई ६२ रनको अग्रता पनि थियो । तर, भारतीय टिमले क्रिकेटको इतिहासमा नचाहेको खराब कीर्तिमान खेप्नुपरेको थियो । भारत एकपछि अर्को विकेट पतन हुँदै १५.२ ओभरमा अलआउट हुन पुग्यो ।

१० रन जोड्दा नै ५ विकेट गुमाएको भारतका कप्तान विराट कोहली व्यक्तिगत ४ रनमा आउट भएका थिए । उनी पभेलियन फर्कंदा भारतको स्कोर १९–६ को दयनीय स्थितिमा पुगिसकेको थियो । यसमा चार विकेट कमिन्स एक्लैले हासिल गरेका थिए । भारत सन् १९५५ मा निर्धारित भएको न्युजिल्यान्डको सदावहार न्यूनतम २६ रनको योगफलको खराब कीर्तिमान तोड्न निकट थियो । तर, पुुछारका ब्याटसम्यानले यो लाजबाट भने भारतलाई उम्काएका थिए । यसै मौकामा हेजलवुडले उत्कृष्ट बलिङ गर्दै थप ३ विकेट लिएर आफ्नो टेस्ट विकेटसंख्या२ सयौं स्थानमा पनि पुर्‍याए ।

यो लज्जास्पद पराजयपछि भारतको लागि बाँकि तीन टेस्ट पनि चुनौतीको रूपमा हुने भएको छ । कप्तान कोहली तीनै टेस्टमा उपलब्ध हुने छैनन् भने रोहित शर्मा घाइते छन् । त्यस्तै, इशान्त शर्मा पनि घाइते रहेको जनाएको छ । मोहम्मद शामी पनि अर्को टेस्टमा खेल्ने वा नखेल्ने सन्देह रहेको छ ।

अस्ट्रेलियाका लागि यो ठूलो जितसमेत हो । दुई वर्षअघि भारतसँग टेस्ट सिरिज २–१ ले गुमाएको अस्टे«लियाले सोही प्रतिद्वन्द्वीविरुद्ध बदला लिने पनि संकेत देखाइसकेको छ । साथै,अस्टे«लिया विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा स्थान सुरक्षित गर्न पनि अघि बढेको छ ।

त्यसो त अस्ट्रेलिया पनि दोस्रो दिनमा भारतको २ सय ४४ रनको जवाफमा ७ विकेट क्षतिमा १ सय ११ रनमा थियो । तर, टिम पेनको ७३ रन नटआउट प्रदर्शनले अस्ट्रेलियाले बाँकि ३ विकेट गुमाउँदा ८० रन जोड्न सफल भयो । पेनको उत्कृष्ट ब्याटिङमा घरेलु टिम १ सय ९१ रनमा अलआउट भएको थियो । भारतलाई पहिलो इनिङमा ६२ रनको अग्रता पनि दिलायो । तर, दोस्रो इनिङमा भारतको ब्याटिङ धराशायी बनेपछि अस्टे«लियाले यो टेस्ट आरामसाथ जित्यो । पेन ‘प्लेयर अफ द म्याच’ भएका थिए ।

९६ वर्षमा पहिलोपटक

टेस्ट क्रिकेटको इतिहासमा ९६ वर्षपछि पहिलोपटक यस्तो भयो कि एकै इनिङमा टिमका कोही पनि ब्याटसम्यानले १० रन जोड्न सकेनन् । पछिल्लोपटक सन् १९२४ मा इंग्ल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको टिमका कोही पनि ब्याटसम्यानले दोहोरो अंक छुन सकेका थिएनन् । दोस्रो इनिङमा भारतका लागि चेतेश्वर पुजारा र पृथ्वी शाले खाता खोल्न सकेनन् । मायंक अग्रवालले ४० बल खेलेर मात्र ९ रन जोडेका थिए । यो नै टिमका लागि उच्चतम योगदान थियो ।

टेस्ट क्रिकेटमा न्यूनतम स्कोर
स्कोर टिम विपक्षी वर्ष

२६ न्युजिल्यान्ड इंग्ल्यान्ड १९५५
३० दक्षिण अफ्रिका इंग्ल्यान्ड १८९६
३० दक्षिण अफ्रिका इंग्ल्यान्ड १९२४
३५ दक्षिण अफ्रिका इंग्ल्यान्ड १८९९
३६ दक्षिण अफ्रिका अस्टे«लिया १९३२
३६ अस्टे«लिया इंग्ल्यान्ड १९०२
३६ भारत अस्टे«लिया २०२०

प्रतिक्रिया दिनुहोस्