‘हाम्रो नागार्जुन’ लागू हुँदै



काठमाडौं, (नेस) ।

नयाँ शैक्षित्रसत्र २०७८ देखि नागार्जुन नगरपालिकाले ‘हाम्रो नागार्जुन’ ल्याउने भएको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले हाम्रो नागार्जुन ल्याउन लागेको हो । शैक्षिकसत्र २०७८ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू गर्ने जनाएको छ ।

स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने भएको शिक्षा शाखा प्रमुख कृष्णबहादुर कँुवरले बताउनुभयो । एक सय पूर्णाङ्कको सो पाठ्यक्रममा स्थानीय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचानलगायतका सम्पूर्ण पक्षलाई समेटेर पुस्तक तयार गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालयका शिक्षक, स्थानीयवासी र जनप्रतिनिधिबीच छलफल तथा सहमति भई राय सुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाइ गरिने जनाएको छ । नगरपालिकामा ५१ संस्थागत र १९ सामुदायिक विद्यालय गरी ७० विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्