डा. महत र कुँवर सम्मानित हुँदै



काठमाडौं, (नेस) ।

बिरामीको उपचारमा तल्लीन दुई चिकित्सक पुरस्कृत हुने भएका छन् । स्वीस फाउन्डेसनको विश्व स्वास्थ्य संगठनको सहकार्यमा उनीहरु पुरस्कृत हुने भएका हुन् ।

मानसिक स्वास्थ्यका क्षेत्रमा सेवा प्रदान गर्दै आएका नेपालका दुई जना चिकित्सक एकैपटक यस वर्षको वल्र्ड हेल्थ अवार्डबाट सम्मानित हुने भएका छन् । अवार्ड पाउने चिकित्सकद्वय डा. पशुपति महत र डा. अरुणराज कुँवर हुनुहुन्छ ।

उहाँहरुलाई स्विस फाउन्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यमा सो अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । नेपालको डाक्टरले यो अवार्ड पहिलोपटक पाउन सफल भएका हुन् । यो अवार्ड स्वास्थ्य क्षेत्रमा प्रभावकारी काम गर्ने डाक्टरलाई दिने गरिन्छ ।

डा. महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुनुहुन्छ भने कुँवर कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्