सयभित्र परे ४ नर्स



काठमाडौं, (नेस) ।

विश्वका ४३ मुलुकका ३ सय नर्सलाई पछार्दै नेपालका ४ जना नर्स एक सयभित्र पर्न सफल भएका छन् ।

नर्स तथा मिडवाइफको अन्तर्राष्ट्रिय वर्ष २०२० को अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले विश्वका सय प्रभावशाली नर्स तथा मिडवाइफ सूचीकृत गरेसँगै विश्वका प्रभावशाली एक सय नर्स तथा मिडवाइफ सूचीमा नेपालमा ४ नर्स तथा मिडवाइफ छानिएका छन् ।

अन्तर्राष्ट्रिय बर्षमा सूचीकृत हुनेमा २ जना नेपाली नर्ससहित २ मिडवाइफ रहेका छन्, जसमा ९ वर्षदेखि जनस्वास्थ्य क्षेत्रमा क्रियाशील नर्स दुर्गा सापकोटा र समुदायमा पुगेर पोषण तथा महिला स्वास्थ्यको समस्यामा बारेमा परामर्श दिँदै आएकी सूक्ष्मा योञ्जन रहेका छन् ।

मिडवाइफतर्फ प्रशंसा बुढा र रुक्मिनी त्रिपाठी रहेका छन् । उहाँहरु भने नेपालको मिडवाइफको पहिलो ब्याच हुनुहुन्छ । दुवै मिडवाइफले कोरोना महामारीको समयमा गर्भवतीलाई निःशुल्क अनलाइन तथा टेलिफोनमार्फत निकै महŒवका साथ परामर्श दिँदै आउनुभएको थियो । ४३ देशका ३ सय नर्समध्ये नेपालका ४ जना नर्स प्रभावशाली नर्सको लिस्टमा सूचीकृत हुनु खुसीको कुरा भएको नेपाल नर्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्