प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधन सम्बन्धी अध्यादेश फिर्ता लिन नहुने



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्रीले जारी गरेको संवैधानिक परिषद्को कार्यविधि संशोधन सम्बन्धी अध्यादेश फिर्ता लिन नहुने बताउनुभएको छ । सञ्चारकर्मीसंग कुरा गर्दै उहाँँले अध्यादेश ल्याउनु प्रधानमन्त्रीलाई संविधानले प्रदान गरेको विशेष अधिकार प्रयोग भएको बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले कसैले कराएकै भरमा प्रमले आफ्नो अधिकार छोड्ने नहुने भन्दै ठीक–बेठीकको टुंगो भोलि संसद् र अदालतबाट हुने बताउनुभयो । उहाँले अध्यादेश जारी भइसके पछि लागु गर्नु उपयुक्त हुने र भोलि त्यसको जवाफ संसदमा दिन प्रमले दिन तयारी गर्नु पर्ने विचार ब्यक्त गर्नुभयो ।

यो अध्यादेशले सत्ताको भागबन्डामा बढी भाग खोज्नेहरूलाई ठाउमा ल्याएको बताउदै प्रधानमन्त्रीलाई दुःख दिने र भागबन्डा खोज्नेले आत्मसमर्पण गरेपछि अध्यादेश फिर्ता गर्ने तैयारी गरिएको उहाँको भनाई थियो । वर्तमान राजनीतिक अवस्था बिग्रनुमा नेपाली काङ्गेस जिम्मेवार भएको धारणा राख्दै अध्यक्ष बिजुक्छेले प्रमुख प्रतिपक्ष बलियो भएको भए सत्तासिन दल डराउने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्