अन्नपूर्णको नवौँ वार्षिक साधारण सभा सम्पन्न



न्युज अफ नेपाल, कास्की ।

पोखरामा रहेको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाले शनिवार आफ्नो नवौ वार्षिक साधारण सभा समापन गरेको छ । कोरोनाभाइरसको प्रभावका कारण नेपाल सरकार सहकारी विभागले जारी गरेको निर्देशन र संस्थाले तयार गरेको कार्यविधि अनुसार अन्नपूर्णसहकारीले चारदिनसम्म चरणबद्ध कार्यक्रम गरेर आफ्नो वार्षिक साधारण सभा समापन गरेको संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेललेजानकारी दिनुभयो।

संस्थाले कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यस वर्ष फरक तरिकाले साधारणसभा गर्ने कार्यतालिका बनाएको थियो। जसमामंसिर ३० गते साधारण सभाको उद्घाटन गरी पौष ३ गतेसम्म शेयर सदस्यहरुबाट सुझाव संकलन र संशोधन प्रस्ताव पेश गर्ने, प्रत्यक्षउपस्थित भएर संस्थाको माइन्यूटमा हस्ताक्षर गर्ने र प्राप्त सुझावका आधारमा पौष ४ गते वार्षिक साधारणसभाको समापन गर्नेकार्यतालिका बनाएको थियो।

साधारण सभाको अवसरमा संस्थाले २०७६र७७ मा संस्थाको उन्नति र प्रगतिमा विशिष्ट योगदान पुर्रयाउनु हुने सहकारीका ८ जना शेयरसदस्यहरूलाई विभिन्न बिधामा सम्मान गरेको छ । सम्मानित हुनुहुनेहरूमा उत्कृष्ट बचत कर्तामा पुरुष तर्फ़ लोकनाथ भण्डारी र सेतुमायातिमिल्सिना, उत्कृष्ट कारोंवारमा पुरुषमा कृष्ण केसी, गजेन्द्र पौडेल र महिलामा लक्ष्मी पौडेल अधिकारीलाई सम्मान गरिएको थियो । यसैगरी, दैनिक उत्कृष्ट कारोंवार गर्ने हरिप्रसाद पौडेल र कमला बास्तोला, उत्कृष्ट मासिक बचतकर्तामा ऋषिराम पौडेल र सरस्वतीदाहाल रहनु भएको छ ।

कार्यक्रममा सहकारीमा आवद्व ७० बर्ष भन्दा माथीका शेयर सदस्यहरू अक्षरी भण्डारी, तारानाथ अधिकारी, भोजराज पौडेल र पदमबहादुर घर्तीलाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीमा रेवती नेपालीलाई सम्मान गरिएको थियो ।सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, अन्नपूर्ण गाँउपालिका कास्कीका प्रशासकीयअधिकृत युवराज अधिकारी, संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, संस्थाका सल्लाहकारहरू कुलबहादुर गुरूङ, बिष्णुप्रसाद अधिकारी, आशबहादुर गुरूङ, टंकराज अधिकारी, सोभाखर अधिकारी लगाएतले खादा, माला, अविर, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएकोथियो ।

कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले सहकारीलाई अगाडी बढाउन एकजना ब्यक्तिको मात्र नभएरसबै सदस्यहरुको उत्तिकै भूमिका रहने बताउँदै सबै सदस्यहरु मिलेर अगाडी बढ्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न समापन समारोहमा अन्नपूर्ण गाँउपालिका कास्कीका प्रशासकीय अधिकृतयुवराज अधिकारी, संस्थाका सल्लाहकार कुलबहादुर गुरूङ ‘कुलु’, बिष्णुप्रसाद अधिकारी, आशबहादुर गुरूङ, संस्थाका उपाध्यक्षलालबहादुर कुँवर र संस्थाका ब्यावस्थापक अनिल अधिकारी लगाएतले आ(आफ़नो भनाई राख्नु भएको थियो । सम्मानितहरूमध्येहरूबाट लोकनाथ भण्डारी र सरस्वती दाहालले मंतव्य राख्नु भएको थियो ।

साधारण सभामा संचालक समितीको तर्फ़बाट अध्यक्ष इन्द्रप्रसाद पौडेलले वार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, सचिव मनपतिअधिकारीद्वारा प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष बाबुराम भण्डारीले आर्थिक र प्रस्तावित आर्थिक प्रतिवेदन, लेखासमितिका संयोजक जनकराज पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

२०६८ सालमा स्थापना ढिकुरपोखरी बचत तथा ऋण सहकारीको नामबाट संचालन भएको यस संस्था २०७६ मा नेपाल सरकार सहकारीविभागले जारी गरेको निर्देशन अनुरूप मर्जर गई अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाको नामबाट सञ्चालन गरिएको संस्थाकासचिव मनपति अधिकारीले जानकारी दिनुभयो।

सहकारीमा आर्थिक मसान्तसम्ममा ५९२ शेयर सदस्य मध्ये ३५२ जना पुरुष र २४० जना महिला सदस्य रहेका छन । शेयर पूँजी २ करोड़९५ लाख, बचत संकलन ६ करोड़ ८५ लाख र ऋण लगानी ८ करोड़ ७४ लाख रहेको संस्थाका कोषाध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।

संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस्