अमेरिकी जेलको स्थिति भयावह



वासिंगटन (एजेन्सी)

अमेरिकामा कोरोना भाइरस विरुद्धका दुई खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको भएपनि महामारीको कहरमा कमी आएको छैन । विगत २४ घन्टामा अमेरिकामा कोरोना भाइरसबाट २ लाख ५४ हजार ६ सय ८० नयाँ संक्रमित थपिए । यसबीच २ हजार ७ सय ९४ को मृत्यु भएको छ । अब अमेरिकाका अति सुरक्षित भनिएका जेलहरुमा पनि कोरोना संक्रमण विस्फोटक स्थितिमा पुगेको छ ।

अमेरिकामा प्रत्यक पाँचमा एक कैदीमा कोरोना भाइरस संक्रमित पाइएको छ । यो सामान्य आवादीमा भेटिएको भन्दा ४ गुणा बढी हो । एसोसिएटेड प्रेस र मार्सल प्राजेक्टद्वारा संकलित आंकडामा केही राज्यमा आधा भन्दा बढी कैदी संक्रमित छन् । कम्तिमा २ लाख ७५ हजार कैदी संक्रमित छन् जसमा १ हजार ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । जेलमा भाइरसको प्रसार कम हुने कुनै संकेत देखिएको छैन ।

यो हप्ता जेलमा संक्रमणको नयाँ मामिलामा उच्चतम स्तर पुगेको बताइएको छ । यो संख्या वास्तविक संख्या भन्दा धरै कम भएको न्युयोर्कको राइकर्स द्विप जेल परिसरका पुर्व मुख्य चिकित्सा अधिकारी हामर वेन्टर्सले बताए । वेन्टर्सले अदालतको आदेशमा कोविड १९ को स्थिति जान्न देशका एक दर्जन भन्दा बढी जेलको निरीक्षण गरेका छन् ।

अहिले पनि आफु जेलमा गइरहेको र त्यहाँ धेरै नै कैदी विरामी परेको होमर वेन्टर्सले बताए । यदी उनीहरु त्यहाँ नहुने हो भने सही ढंगले जाँच हुने र रेखदेखको सुविधा प्राप्त हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्