जेसीज राष्ट्रिय कार्यकारिणीमा हेटौंडाका दाहाल



न्युज अफ नेपाल,हेटौंडा ।

नेपाल जेसीजको ४७ औं महाधिवेशनबाट वर्ष २०२१ को निमित्त राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा हेटांैडा जेसीज वर्ष २०१७ का अध्यक्ष, हेटांैडा लेडी जेसीज वर्ष २०२० का प्रमुख सल्लाहकार सिनेटर अरुणकुमार दाहाल निर्वाचित हुनुभएको छ ।
उहाँ एक कुशल सामाजिक अभियन्ता एवम् निरन्तर लगनशीलताका एक अथक उदाहरण बन्न सफल हुनुभएको छ ।

नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा दाहालले ९ सय ९९ मत पाउनुभएको थियो । विजयपश्चात् नवनियुक्त राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर दाहालले लाखौं युवाको मनमस्तिष्कमा बस्न र समाज परिवर्तनका लागि नया“ र विशिष्ट कार्ययोजनासाथ अगाडि बढ्ने बताउनुभयो ।

उहाँलाई पहिलो प्राथमिकतामा राखेर नेपाल जेसीजको विधानलाई सरकारको नीति÷निर्देशनअनुरुप संघसंस्था दर्ता ऐन, २०३४ बमोजिम फम्र्याटमा जेसीजको सम्पूर्ण मूल्य, मर्म र मान्यता समाबेश गरेर पुनर्लेखन गर्न, जेसीजको गुणस्तरबृद्धिका लागि शाखाका निवर्तमान अध्यक्ष भएपछिमात्र राष्ट्रिय पदमा उम्मेदवारी दिन पाउने गरी बिधान संशोधन गर्ने व्यबस्थाका लागि शुभचिन्तकहरुले आग्रह गरेका छन् ।

४० वर्षमुनिका र माथिका जेसीजको लगानी वा शेयरमा र पूर्वसदस्यको नेतृत्वमा उनीहरुकै सिर्जनशीलता, ऊर्जा, क्षमता र योग्यता प्रयोग हुने गरी जेसीज बैंक, अस्पताल, जेसीज कलेज, जेसीजका नाममा विभिन्न उद्योग स्थापनालगायत व्याबसायिक र उद्यमशीता विकास हुने अन्य कार्य ढिला नगरी अघि बढाउन, कम्तिमा एक जिल्ला एक शाखा स्थापनालाई प्राथमिकता दिन पनि दाहालको ध्यानाकर्षण गरिएको छ ।

शाखाको संख्या भन्दा सदस्य संख्या बढाउनेतिर ध्यान दिन, सरकार र युवा तथा खेलकुद मन्त्रालयसँगको समन्वय र सहकार्य गर्ने गरी महत्वपूर्ण कार्यक्रम निर्माण गरी लागु गर्न, मिडिया पार्टनर बनाएर हरेक जेसीज गतिविधिलाई समाजमा ल्याउने काममा ध्यान दिन, शाखा पदस्थापनामा वार्षिक योजना निर्माण र कार्यान्वयनमा ध्यान दिन तथा पदाधिकारीलाई जिम्मेवार बनाउन कार्यविधि बनाउन दाहालसमक्ष स्थानीय जेसीज सदस्यहरुले आग्रह गरेका छन् ।

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि अध्यक्षमा चितवनको बीसहजार जेसीजका अरुणेश्वर खनाल विजयी हुनुभएको छ । रुपन्देहीको भलवारी जेसीजको आतिथ्यतामा भएको राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्