सर्जिकल स्ट्राइकको तयारीमा भारत : पाकिस्तान



इस्लामाबाद (एजेन्सी)

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैसीले भारतिय सेना उनको मुलुकमा सर्जिकल स्ट्राइकका लागि तयारीमा रहेको र आफ्ना मित्रहरुको तर्फबाट स्विकृतिको पर्खाइमा रहेको दावी गरेका छन् । कुरैसीले यूएईको दुई दिनको भ्रमणका क्रममा उक्त टिप्पणी गरेको हो ।

भारतले आफ्नो घरेलु समस्याबाट ध्यान मोड्नका लागि पाकिस्तानमा हमला गर्न सकिने कुरैसीले बताए । अबुधाबी सन्चार माध्यमसँगको कुराकानीमा पाकिस्तानी विदेशमन्त्रीले भने , भारतिय सेना पाकिस्तानमा हमता गर्न तयारी गरिसकेको भन्ने गोप्य जानकारी हामीसँग पहिले नै भइसकेको छ ।

भारतले मात्र आफ्ना मित्रहरुका तर्फबाट हरियो भन्डा पाउन पर्खेको छ । हामी भारतका मित्रलाई उसको साझेदार भन्छौं । म भारतका ती मनसायका बारेमा यूएई र विश्वका बाँकी देशहरुलाई जानकारी दिन चाहन्छौं । पाकिस्तानका पुर्व रेलमन्त्री र अहिलेको गृहमन्त्रीको कार्यभार सम्हालेका शेख रासिदले पनि केही दिन अघि यस्तै बयान दिएका थिए ।

भारतले कुनै पनि बेला पािकस्तानमाथि हमला गर्न सक्ने र त्यसको जवाफका लागि पाकिस्तानी सेना तयार रहेको उनले बताएका थिए । यसबीच पाकिस्तानी सन्चार माध्यमहरुमा पनि भारत छिट्टै पाकिस्तान विरुद्ध ठुलै सैन्य कारवाही गर्ने तयारीमा रहेको र त्यसका लागि पाकिस्तानी सेना सतर्क राखिएको समाचार आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्