प्रचण्ड ओलीबीच छलफल सुरु, गौतम पनि सहभागी



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा भइरहेको भेटघाटमा उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन् ।

पार्टी भित्रको बढ्दो विवाद समाधानका लागि आली शनिबार बिहान आफै प्रचण्डलाई भेट्न पुगेका हुन् । यस अघि ओलीलाई भेट्न दाहाल पटकपटक बालुवाटार पुग्ने गरेका थिए । खुमलटारको आजको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

पछिल्लो समय नेकपाभित्र मन्त्रिपरिषद हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, प्रधानमन्त्री ओलीको भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँगको भेटवार्ता आदि विषयमा विवाद उत्पन्न भएको हो । यस्तै, नेकपाको स्थायी कमिटी बैठक पुस ५ गतेका लागि तय गरिएको छ भने केन्द्रीय कमिटीको बैठक आगामी पुस १० गतेका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्