आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन



रामधन राइ, खोटाङ ।

वभिन्न देशमा पुगेर रेमिट्यान्स भित्र्याउँदै देशको अर्थतन्त्र मजुवद बनाउन योगदान पु¥याएको भन्दै खोटाङमा आप्रवासी कामदारको सम्मानमा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा बिश्वका विभिन्न देशमा पुगेर देशको अर्थतन्त्रप्रति पु¥याएका त्याग र योगदानका सम्मानमा जिल्लाका ४ स्थानीय तहमा एकैसाथ दिप प्रज्वलन गरिएको हो ।

‘अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर–१८’को अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र केपिलासगढी गाउँपालिकामा शुक्रबार साँझ एकैसाथ दिप प्रज्वलन गरिएको हो । आप्रवासी कामदारको सम्झनामा सामुहिक दिप प्रज्वलन गरिएको सुरक्षित आप्रवासन परियोजना(सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताउनुभयो ।

अन्र्तराष्ट्रिय आप्रवासी कामदार दिवस डिसेम्बर १८’ लेखिएको जमिनमा परियोजनामा सम्वद्ध प्रतिनिधि एबं स्थानीयले आप्रबासी कामदारको सम्मान एबं वैदेसिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरेका छन् ।

सम्वन्धित स्थानीय सरकारको नेतृत्वमा बालसेवा समाजले सञ्चालन गरिरहेको सुरक्षित आप्रवासन परियोजनाको आयोजनामा आप्रवासी कामदारलाई सम्झना गरिएको हो । आप्रवासी कामदारका परिवारसँग ‘विप्रेषणको सदुपयोग र व्यवस्थापनमा परिवारको भुमिका तथा स्थानिय सरकारको दायित्व’का विषयमा छलफल गरेपछि साँझमा सामुहिक दिप प्रज्वलन गरिएको हो ।

यसैवीच, जिल्लामा वैदेशिक रोजगारीमा संलग्न आप्रवासी कामदारका परिवारसँग छलफल र अन्तरक्रिया गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आप्रवासीका परिवारसँग स्थानीय सरकार, रेमिट्यान्सको सदुपयोग र व्यवस्थापन सम्बन्धी छलफल एवं अनुगमन गरी दिवस मनाइएको हो । बालसेवा समाज नेपालको आयोजना, क्रिस्चियन एड र मानव अधिकार आयोगसँगको सहकार्यमा विविध कार्यक्रम गर्दै दिवस मनाइएको हो ।

बुइपामा आयोजित कार्यक्रममा बालसेवा समाज नेपाल अन्तर्गत सञ्चालित क्रिस्चियनएडका कार्यक्रम, सामी परियोजना अन्तर्गत सञ्चालित कार्यक्रम, रेमिट्यान्स सदुपयोगमा परियोजनाले संचालन गरेका प्रयास, वैदेशिक रोजगारको वर्तमान स्थिति र कोभिड–१९ का कारण वैदेशिक रोजगारमा परेको प्रभावका बारेमा प्रस्तुती गर्दै अन्तरक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्