एसोसिएसन अफ नेपालिज इन अमेरिकाजमा भट्टराई



लुईवेल ।

अमेरिकामा रहेका नेपाली समुदायको पुरानो संस्था एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)को सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराइको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।

नयाँ बर्ष २०२१ जनवरी १ देखि नयाँ समितिले नेतृत्व लिनेछ । यो वर्षको समापनसंगै वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले नवनिर्वाचित अध्यक्ष विजयराज भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्नुहुने भएको छ ।

अहिले निर्वाचित १० सदस्यीय समितिमा अमेरिकामा बिभिन्न राज्यहरुमा बसोबास गर्ने अनुभवी, विभिन्न पेशामा ख्यातिप्राप्त व्यक्तिवहरु निर्वाचित हुनुभएको छ । नयाँ कार्यकारी समितिमा वरिष्ठ उपाध्यक्षमा बाल्टिमोरका चर्चित सामाजिक अभियन्ता तथा बानाका पूर्व अध्यक्ष विजय कुमार श्रेष्ठ निर्वाचित भएका छन ।

एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजा अनुसार उपाध्यक्षहरुमा डा. तुल्सी धरेल (क्यानड) शैलेन्द्र बहादुर खत्री (पूर्वीय क्षेत्र) ,डा दुर्गा दाहाल (पश्चिमी क्षेत्र), महासचिवमा डा.चुणामणि खनाल, सहसचिवमा बिनय गौतम, कोषाध्यक्षमा डा। उषा शर्मा ,सहायक कोषाध्यक्षमा राधाकृष्ण धमला, युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएका छन् ।
समितिका सदस्यहरुमा भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने एएनएको विधानमा उल्लेख छ ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्था मध्ये कै एक हो । स्थापना काल देखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक बिषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्