भन्सार चलान भयो चोरीको सुमो



न्युज अफ नेपाल, हेटौंडा ।

भारतबाट चोरीपैठारी गरेर नेपाल भित्र्याएको सेतो रंगको सुमोमा काल्पनिक नम्बर बा. २ च ८२७५ राखी लुकाइ कलैया उपमहानगरपालिकामा चलाइरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका वडा–५, बरेवास्थित सार्वजनिक सडकखण्डमा सुमो फेला पारी चेक गर्दा गाडीबाट बीआर ३ पी ०३२१ नम्बर भारतीय गाडीको बिलबुक फेला परको र बिलबुकमा भएको इञ्जिन नम्बर र चेचिस नम्बर उल्लेखित सुमोको इञ्जिन र चेचिस नम्बरसँग मेल खाएकोले उक्त गाडी चोरीको रहेको प्रहरी निष्कर्ष छ ।

भारतबाट चोरी गरी नेपाल भित्र्याएको काल्पनिक नम्बर राखेको निश्चय भएकोले बरामद भएको करिब दश लाख मूल्य पर्ने सुमोलाई भन्सार ऐनअनुसार आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बीरगञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्