विकासका काम द्रुतगतिमा गर्नुस् : शहरी विकास मन्त्री श्रेष्ठ र भौतिक विकास मन्त्री नेम्वाङ



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक योजना तथा यातायात मन्त्री वशन्त नेम्वाङले चन्द्रागिरी नगरपालिकाको विकास निर्माणको योजनाको अवलोकन गरेका छन् । दुवै मन्त्रीले शुक्रबार निर्माणाधिन अवस्थामा रहेको तीनथाना र किर्तिपुर जोड्ने निर्माणाधिन पुल र चन्द्रागिरी नगरपालिका–१५ निर्माणाधिन भेराडिल खाइके साकुरा पार्कको अवलोकन गर्नुभएको छ ।

अवलोकनको क्रममा दुवै मन्त्रीले एक वर्षदेखि सुस्त भैरहेको तीनथाना–किर्तिपुर जोड्ने पुलको निर्माण द्रुत गतिमा गर्न निर्देशन दिनुभएको थियो । सो अवसरमा निर्माण कम्पनीका प्रतिनिधि र आयोजनाका इन्जिनियरले यो वर्षको अन्त्य सम्ममा पुलको निर्माण भैसक्ने बताएका थिए । मन्त्री नेम्वाङले कुनैपनि बहानाबाजी नगरी यो वर्षको अन्त्यसम्मका सिलान्यास गर्नेगरी तयार गर्न निर्देशन दिनुभएको थियो ।

शहरी विकासमन्त्री श्रेष्ठले नयाँ वर्षसंगै पुलको शिलान्यास भैसक्नेगरी तयार गर्न निर्देशन दिनुभयो । बिसं २०७८ साल अघि उद्घाटन गर्नेगरी द्रुतगतिमा काम शुरु गर्नुस, कामदार कम देखिएको छ जुनसुकै हालतमा यो वर्षे नकटाउनुस–निर्देशन दिने क्रममा मन्त्री श्रेष्ठले भन्नुभयो । दुवैमन्त्रीले सरकारले शुरु गरेको विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए । ‘कुनै बहाना बनाउन पाइदैन, तोकिएकै समयमा पुल निर्माण गर्नैपर्छ–निर्देशन दिने क्रममा दुवै मन्त्रीको एउटै स्वर थियो । उहाहरुले नया वर्षमा तीनथाना र किर्तिपुरका बाटोमा मोटर गुड्नुपर्ने बताएका थिए ।

पार्कको अवलोकन गदै मन्त्रीद्धयले यस्तो भीरालो र डरलाग्दो स्थानमा पार्कनिर्माण गरेर वडा र स्थानीयले साहसी काम गरेको बताउनुभयो । भीराला र पहिरोजाने क्षेत्रलाई व्यवस्थित गरी २७ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क चन्द्रागिरी नगरपालिका–१५ वडाको गौरबको योजना भित्र पर्छ । पार्कको बारेमा जानकारी गराउदै वडा अध्यक्ष उत्तमबहादुर रावतले यो पार्कको गुरुयोजना तयार गरी थप विकास गर्नुपर्ने बताउनुभयो । भन्नुभयो–‘यहा जापानबाट ल्याइएको ५० वटा साकुरा फूलका बोट छन् ।

ढुंङगे भीरलाई व्यवस्थित गरी बुढादेखि बच्चा सम्मलाई हुनेगरी व्यवस्थित बस्ने र खेल्ने क्षेत्रको विकास गरेका छौ । अब पार्कको विकास गर्न योजना तयार गरी बजेट व्यवस्थापन गर्न आग्रह गरेका छौ–मन्त्रीद्धयसंग पार्कको विषयमा जानकारी गराउदै अध्यक्ष रावतले भन्नुभयो । अवलोकन भ्रमणमा शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंह, वागमती सभ्यता एकिकृत विकास समितिका कार्यकारी अधिकृत नवराज प्याकुरेल सहितको मन्त्रालयको उच्च स्तरीय टोली सहभागि भएका थिए।

पार्कभित्र जिपल्याण्ड,स्पाइरल स्टेयर,थियटर, मिनिरेल लगायतका मनोरञ्जनका सामाग्री तयारीगर्ने क्रममा रहेको अध्यक्ष रावतको भनाई थियो । लगत्तै शहरी विकास मन्त्री श्रेष्ठले वडा अध्यक्ष र सबै वडावासीको अथक प्रयासले चन्द्रागिरीमा आकर्षित पार्क निर्माण हुन सकेको बताउदै थप विकास आवश्यक रहेको बताउनुभयो । भौतिक योजना मन्त्री नेम्वाङले सुन्दर पार्कलाई थप विकास गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

लगत्तै विष्णुदेवी मन्दीरको विकास निर्माण र गुरुयोजनाको विषयमा छलफल गर्न शहरी विकास मन्त्रालयका सचिव र उच्च स्तरीय टोली सहित विष्णुदेवी मन्दीर परिसर पुग्नुभएका मन्त्री श्रेष्ठले एतिहासिक विष्णुदेवी मन्दीरको गुरुयोजना तयार गरी विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बताउनुभयो । उहाले भन्नुभयो– यो धार्मिक र सांस्कृतिक क्षेत्रलाई व्यवस्थित रुपिमा विकास गर्नु आवश्य छ । खोलाको दोभान, घाट, ड्याम निर्माण लगायतका विषय समेटेर गुरुयोजना बनाइ अघि बढ्नुपर्ने उहाको भनाई थियो ।

मन्त्रालयका सचिव डा। सिहले एतिहसिक विष्णुदेवी मन्दीर क्षेत्रको डिपिआर तयार गरी विकास निर्माण र योजनाका कामलाई क्रमबद्ध रुपमा अघि बढाईने बताउनुभयो । उहाले भन्नुभयो–पार्क र खोला किनाराको समेत योजना बनाएर विकास गर्नेछौ । पार्कको तत्काल योजना बनाएर कार्यान्वयन चरणमा जानेछौ ।
मन्त्री श्रेष्ठले तीनथाना गढी र बुद्धपार्कको निरीक्षण गरी सबै क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने प्रतिबद्धना जनाउनुभएको थियो । मन्त्रीश्रेष्ठले चन्द्रागिरी नगरपालिका १५ वडाका गौरब र अन्य योजनाको बारेमा जानकारी लिएपछि अवलोकनमा जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्