अध्यादेश फिर्ता नलिए ओलीबिरुद्ध कडा कदम चाल्ने प्रचण्डको तयारी



न्युज अफ नेपाल, काठमाडौ ।

संबैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता नलिए प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध कडा कदम चाल्ने अर्का अध्यक्ष प्रचण्डले बताएका छन् । पेरिस डाडाँमा भएको आजको प्रदेश १ का कार्यकर्तासंगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

उनले पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना नराख्न पनि आग्रह गरे । ओलीले अध्यादेश फिर्ता नलिई सुख नपाउने पनि उनले बताए । अर्का बरिष्ठ नेता माधव नेपाल समेत सहभागी रहेको पेरिस डाडाँ भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्