मापदण्ड विपरित रेलमार्ग निर्माण



सञ्जय कार्की, रौतहट ।

गौरबको योजनाको रुपमा रहेको पुर्ब पश्चिम रेलमार्गको निर्माण कार्य मापदण्ड बिपरित भैरहेको छ । आयोजनाका प्राबिधिक र कर्मचारी साईटमा नबस्नाले निर्माण ब्यबसायीले आफुखुशी कार्य गर्दै आएका छन ।

रेलमार्गको निर्माण कार्यले तिब्रता पाएपनि निर्माण ब्यबसायीले आफु अनुकुल कार्य गर्दा रेलमार्गको शुरु चरणको निर्माण कार्यनै गुणस्तरहिन हुदै गएको छ । रेल निर्माणको लागि हरेक तहमा २० देखि २५ ईन्च ग्राबेल हालेर रोलिङ्ग गर्नुपर्ने हो त्यसो गरिएको पाईदैन ।

एकैपल्ट टिफरले जथाभाबी ग्राबेल र माटो राखेर मार्ग निर्माण गरिदै आएको छ । रेल निर्माण कार्य भैरहदा आयोजनाको ईन्जिनियर र कर्मचारी साईटमा नबस्नाले निर्माण ब्यबसयाीले मनलाग्दि गर्दै आएको पाइएको छ । रेलमार्ग निर्माणमै कमजोरी हुन थालेपछि स्थानीय चिन्तित बनेका छन । रेल, मेट्रो रेल तथा मोना रेल बिकास आयोजना सर्लाहीको रेखदेख र निर्माण कार्य भएपनि आयोजनाका कर्मचारी निर्माण कार्य अबधिमा साईडमा हुने गरेका छैनन । साइडमा रेल्वेको ग्राभेल, माटो, बेस, पुल, बक्स कल्भर्टको कार्य भैरहेको छ । रौताहा, हिमडुङ्ग–ठोकर, कन्काई जेभी द्धारा निर्माण कार्य भैरहेको छ । रेल, मेट्रो रेल तथा मोनो रेल बिकास आयोजना सर्लाहीका ईन्जिनियर सुरेस साहले आयोजना संग जनशक्ति नभएकाले निर्माण स्थलमा प्राबिधिक कर्मचारी राख्न नसकिएको बताउनु भयो । उहाले निर्माण ब्यबसायीको भरमा निर्माण कार्य भैरहेको बताउनु भयो ।

रेलमार्ग निर्माण भैरहेको स्थानमा लागत ईस्टिमेटको बोर्ड समेत राखिएको छैन । उता रेलमार्ग निर्माण गर्दा ग्राबेलको परिक्षण समेत हुनु पर्नेमा निर्माण ब्यबसायीले ल्याबका टेक्निसियनको मिलोमतोमा सबै नदिको ग्य्रोबल लाई गुणस्तरीय बनाएका आरोप समेत रहेको छ । रेलमार्ग निर्माणमा चादी नदिको ग्रयाबेल काम नलाग्ने भएपनि यस अघि लुम्बिनी, एपेक्स, खानी जेभीले निर्माण गरेको रेलमार्गमा समेत ल्याबटेक्निसियनको मिलोमतोमा चादी नदिको ग्य्रोबल प्रयोग गरेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्