साहारा खोज्दै फरक क्षमता भएकाहरु



भूपराज बस्याल, स्याङ्जा ।

“कागलाई बेल पाक्यो हर्ष न बिस्मात” त्यस्तै भएको छ गाउँगाउमा रहेका फरक क्षमता भएका ब्यक्तिहरुलाई काठमाडौको सिहदरबार गाउँगाउमा आएको खबर सुनेपनि त्यसले जीवन स्तरमा केही परिवर्तन ल्याउन नसकेको गुनासो छ ।

शहरको अधिकार गाउँगाउ पसेपछि आफ्नो फरक क्षमताको पहिचान हुने र जिबिको पार्जनमा सहजहुने ठानेका फरक क्षमता भएकाहरुले त्यसको स्वाद मात्रै होइन सुगन्ध समेत पाउन सकेका छैनन् । जन्मेदेखी देखि दृष्टि बिहिन छोराको संसारको उज्यालो खोज्न हिडेको बीस बर्ष पुग्यो वालिङ् नगरपालिका ७ पैदी खोलाका खिमलाल भण्डारीले भन्नुभयो । अहिलेसम्म न उहाँले छोरालाई उज्यालो संसार देखाउन सक्नुभयो न छोरालाई आत्मनिर्भरनै बनाउन । सबै अधिकार गाउँमा आएपछि छोरा दुर्गा प्रसाद भण्डारीले संसार देख्ने आशा बोकेका खिमलालको आशाले सार्थकता पाउन सकेको छैन । छ सन्तानका बुवा बनेका खिमलालले दृष्टिबिहिन छोरालाई देखाउदै भन्नुभयो “अरु सन्तानको केही पिरलो छैन । यो छोरालाई संसार देखाउन वा आर्थिक रुपमा सबल गराउन सके म स्वर्ग जान्थे ।”

सुइअ सार फेर्दै उहाँले भन्नुभयो । म रहेसम्म त आफै पालनपोषण गर्छु म केही किछो हुँदा छोराको बिचल्ली हुन्छ त्यसैले छोरालाई आर्थिक रूपमा सबल बनाउन पाए हुन्थ्यो भन्न्ने लागेको हो उहाँले नेपाल समाचारपत्रसंग कुराकानी गर्दै भन्नुभयो । छोरा दृष्टि बिहिन भएको र अहिलेसम्म कहिँ कसैले केही परामर्श समेत नदिएको हुँदा खाना खुवाउने देखि सबै काम अरुले गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । यस भित्र पनि केही गर्न सक्ने क्षमता छ होला त्यसको पहिचान कस्ले गर्ने , अहिलेसम्म एक पनि परामर्श दाता घरमा नआएको उहाँले बताउनुभयो । अपाङ्गको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरु छन् भन्ने सुनेपनी अहिलेसम्म कुनै संघसस्था छोराको अवस्था बुझ्न नआएको उहाँको भनाइ छ । सानैमा भैरहवा आखा अस्पताल, काठमाडौ वीर अस्पताल लगे पनि छोरा उपचार हुन नसकेको खिमलालको बिलौना थियो ।

फरक क्षमता भएकाहरुको क्षमता पहिचान गरि हालसम्म २ सय ८५ लाई परिचयपत्र वितरण गरेको र उहाँहरुको घर परिवारलाई आर्थिक समृद्धिको लागि घर परिवारको लागी कार्यक्रम संचालन गर्दै आएको वालिङ् नगरपालिका उपप्रमुख कल्पना तिवारीको भनाइ छ । फरक क्षमता भएका घर परिवार लक्षित कार्यक्रम संचालन गरेको भएपनि फरक क्षमता लक्षित कार्यक्रम छिट्टै संचालन गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार हालसम्म वालिङ् नगरपालिकाबाट क बर्गका अपाङ्गता भएकाहरु ६९ त्यस्तै ख बर्गमा १ सय ३९,ग बर्गमा ५९ र घ बर्गमा १८ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गको क्षेत्रमा सबैभन्दा धेरै शिक्षक पेशामा रहेको क्षेत्र दृष्टि बिहिन हो त्यसैले दृष्टि बिहिनहरुलाई सबैको हौसला भए समाज परिवर्तनको सम्वाहक बन्न सक्छन् । नेपाल समाचार पत्रसंग कुराकानी गर्दै स्याङ्जा दृष्टिबिहिन संघका कोषाध्यक्ष नारायण प्रसाद भण्डारीले भन्नुभयो । पढाई लेखाइमा कमजोर भएकाहरुलाई मुडा बुन्ने, मैन बत्ती बनाउने, अगरबत्ती बनाउने लगायतका तालिम दिएर आर्थिक रूपमा सबल बनाउन सकिने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्