बाकसमा बिरालोको दिसा राखेर चोरलाई छक्याइयो



न्युयोर्क, (एजेन्सी) । 

आफ्नो घरसामु राखिएका प्याकेजहरू पटक–पटक हराउन थालेपछि अमेरिकाको ओन्टारियो निवासी एक महिलाले प्योकजमा सामानको साटो बिरालोको दिसा राखिदिएकी छन् । त्यो प्याकेज पनि घरबाहिर राखेको चालिस मिनेटभित्रै चोरी भयो ।

ह्यामिल्टनको लाउरी प्रिन्गल विगत तीन वर्षदेखि धेरै चोटि यसरी सामान हराउन थालेपछि कागजको बाकसभित्र बिरालोको दिसा राखेर टेपले कसिएको प्याकेज घर बाहिर राखेकी थिइन् ।

उनले सञ्चारकर्मीलाई भनेकी छन् – ‘म शहरको अत्यन्त व्यस्त स्ट्रिटमा बस्छु । मेरो घरको ढोकाछेउमै फुटपाथ छ । अमेजन डट कमका लागि तयार पारिएका सामान राखिएका त्यस्ता प्याकेजहरू हराउन थालेका हुन् । मैले सबै प्याकेजमा स्पष्टसँग सामान उठाउनुअघि मेरो भिडियो डोरबेल बजाउने अनुरोध लेखेर राख्ने गर्थें । तर, अमेजनका केही कुरियरले त्यसलाई हेर्दै नहेर्ने रहेछन् । त्यसैले म अमेजनले लग्यो होला भन्ठान्थें, तर प्याकेज अरू कसैले चोर्ने गरेको रहेछ । कुकुरको दिसा राखिएको प्याकेज चोर्ने मेरो आफ्नै एकजना छिमेकी रहेछ । भिडियोमार्फत मैले उनलाई पक्राउ गरें । सोधखोजको क्रममा विगतदेखि उनैले चोर्दै आएका रहेछन् ।’

प्रतिक्रिया दिनुहोस्