आजदेखि जोर–बिजोर प्रणाली खारेज



काठमाडौं, (नेस) ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लगाएको जोर–बिजोर प्रणाली आज शुक्रबारबाट लागू हुने गरी हटाएको छ ।

सरकारले असोज १ गतेदेखि लागू हुने गरी जोर–बिजोर प्रणाली लागू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेका थिए ।

तीनवटै जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले कोरोना संक्रमण विस्तारै हट्दै गएको भन्दै जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

सुरक्षा मापदण्ड पालना गरेर सबै सवारीसाधन चलाउन आग्रह गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्