बच्चीले मास्क नलगाउँदा परिवारै विमानबाट निकालिए



वासिंगटन, (एजेन्सी)

अमेरिकी महिला एलिज ओर्वनले आफ्नी दुई वर्षिया छोरीले मास्क लगाउन अस्विकार गरेकै कारण आफ्नो परिवारलाई नै युनाइटेड एयरलायन्सको उडानबाट निकालि दिएको बताएकीछन् । युनाइटेड एयरलायन्सले सम्पूर्ण अमेरिकी राज्यका यात्रु मध्ये दुई वर्ष पुगेका सबैले विमान भित्र अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नीति ल्याएको हो ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसि ) ले पनि दुई वर्ष पुगेका बालिबालिकाले समेत मास्क् लगाउनु पर्ने सिफारिश गरेको छ । तर विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले भने पाँच वर्ष मुनिका बालबालिकालाई मास्क नलगाएपनि हुने छुट दिएको छ ।

सिडिसुले आवत जावतको कारण कोभिड १९ फैलिने संभावना धेरै भएको चेतावनी दिएको छ । एलिज ओर्वनले ट्विटरमा पोस्ट गरेको भिडियो हेर्दा यनाइटेड एयरलायनसले मास्को विषयमा बच्चा भनेर छुट नदिएको स्पष्टै देखिन्छ । यो भिडियो ४९ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।

घटनाकोबेला ओर्वन आफ्नो छोरी र परिवारसंग डेनेभरबाट न्युजर्सी नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल तर्फ जाने प्रयासमा थिइन् । अहिले अमेरिकाका सम्पूर्ण आन्तरिक उडानमा सबै यात्रुले मास्क लगाउनु पर्दछ । तर डेल्टा एयरलायन्समा भने दुई वादुई वर्ष भन्दा कम उमेरका मास्क् लगाउन नचहने बालबालिकालाई भने छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्