मन्त्रिपरिषद बैठक सकियो, अध्यादेश फिर्ताबारे कुनै छलफल भएन



न्युज अफ नेपाल, काठमाडौं ।

बिहीबार बेलुका बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ । बैठकमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे कुनै छलफल नै नभएको बताईएको छ । बुधबार नेकपाका अर्का अध्यक्ष प्रचण्डसंग प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बारे सहमति गरेको थिए ।

तर प्रधानमन्त्री ओलीले आज नै संबैधानिक परिषद् बैठक बोलाएका थिए । बैठक बोलाएलगत्तै प्रचण्डले कडा आपत्ति जनाएपछि बैठक पुन स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्