नेपाली जनसम्पर्क मञ्च नर्वेको सहयोगमा केआइसिंह गाउँपालिकालाई एम्बुलेन्स प्रदान



विमल विष्ट, डोटी ।

डोटीको केआइसिंह गाउँपालिलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नर्वेमा रहेका नेपालीहरुको समाज नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष तथा केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी जीतेन्द्र शाहीको पहलमा उपलब्ध गराइएको एम्बुलेन्स केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरीएको हो ।

नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष शाहीका बुवा दीलबहादुर शाहीले आज गाउँपालिकामा आयोजना गरिएको कार्यक्रम अध्यक्ष लोकेन्द्र शाहीलाई एम्बुलेन्सको साचो हस्तान्तरण गर्नु भएको छ । कोरोना कहरका समयमा बिदेशमा रहेर पनि जिल्ला बासीलाई बिभिन्न औषधी तथा आर्थिक सहयोग गर्दै आउनु भएका शाहीले गाउँपालिकामा आफ्नो पहलमा एम्बुलेन्स प्रदान गर्नु भएपछि यहाँका नागरिकहरु निकै खुसि भएको केआइसिंह गाउँपालिका–५ का स्थानीयबासी चेतराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीलाई निकै समस्या भएको थियो, अहिले एम्बुलेन्स आएको छ, अब बिरामीलाई सहज हुने छ ।”गाउँपालिको दुर्गम भेगका रहेका सर्वसाधारण नागरिकलाई एम्बुलेन्स नहुँदा समस्या भएको जानकारी पाएपछि आफ्नो छोरोले विषेश पहल गरी एम्बुलेन्स प्रदान गरेको नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष जीतेन्द्र शाहीका बुवा दीलबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एम्बुलेन्स नहुँदा बिरममीलाई समस्या थियो, समयमै अस्पतालमा बिरामी पु-याउन नपाउदा कतिपयको ज्यान गएको कुरालाई मध्यनजर गर्दै मेरो छोराले एम्बुलेन्स उपलब्ध गराएको छ, अब एम्बुलेन्स नपाउदा कसैको ज्यान जाने छैन् ।”

एम्बुलेन्स आएपछि अब गाउँका दुर्गम क्षेत्रमा नागरिक बिरामी पर्दा अस्पतालसम्म पु-याउन नसकेर घरमै ज्यान गुमाउनुपर्ने समस्याको अन्त्य हुँने गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “लामो पहल पछि हामीले एम्बुलेन्स पाएका छौँ, अस्पताल सम्म बिरामी पु¥याउन नपाएर बिरामीको ज्यान जाने समस्याको अन्त हुँने छ ।” एम्बुलेन्स प्रदानका लागि सहयोग गर्ने शाही सहित सबै नेपालीलाई यहाँका नागरिकले धन्नेबाद समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्