प्रदेश १ मा २२३ सङ्क्रमित निको भए



विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २२३ जना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होम आइसोलेसन र विभिन्न कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २४ हजार २४६ पुगेको छ ।

यसैगरी प्रदेशमा उक्त अवधिमा ४६७ जनाको पिसिआर परीक्षण गर्दा २४ महिला र २३ पुरुष गरी जम्मा ४७ जनामा कोरोना पोजेटिभ थपिएका छन् ।

थप हुनेमा मोरङमा १९ मध्ये विराटनगरमा १५, झापामा १५, सुनसरीमा ११, सङ्खुवासभा र प्रदेश बाहिर एक/एक जना रहेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार १८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्