खोटाङको जंगलबाट विप्लवका कार्यकर्ता पक्राउ



न्युज अफ नेपाल, खोटाङ ।

खोटाङको जंगलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वज लाई प्रहरीले साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको जंगलबाट पक्राउ गरेको हो ।

जंगलमा चन्द समूहले सेल्टर लिएको सूचना पाएसँगै प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेको थियो । तामाङलाई टेन्ट टाँगेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, पक्राउ परेका तामाङको साथबाट एक नाल भरुवा बन्दुक, राइफल तथा पेस्तोलमा लाग्ने ७३ राउण्ड गोली, बारुद, छर्रालगायतका सामान बरामद भएको छ ।

तामाङमाथि हातहतियार खरखजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्