चन्द्रमाबाट ढुङ्गा माटो लिएर फर्कियो चाङ यी–५



एजेन्सी ।

चाङ यी–५ नामक चनियाँ यानले चन्द्रमाबाट ढुङ्गा माटोको नमूना ल्याएर पृथ्वीमा फर्किएको छ । स्थानीय समय अनुसार यान गएराति साढे १ बजे मंगोलियाको भित्री क्षेत्रमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले सो यानलाई २४ नोभेम्बरमा दक्षिण चीनको वेनचाङ स्टेसनबाट चन्द्रमामा प्रक्षेपण गरेको थियो । चाङ यी–५ ले करिब २ किलोग्राम ढुङ्गा माटोको नमूना बोकेर आएको छ ।

यसअघि रुसको लुना–२४ मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट करिब २ सय ग्राम माटो ल्याएर प फर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्