‘राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार’



काठमाडौं, (नेस) ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड–नेपाल पक्षकले दाबी गरेको छ ।

बुधबार दुईपटक गरी बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता गर्ने र प्रचण्ड–नेपाल पक्षले संसद्को विशेष अधिवेशन बोलाउन संकलित हस्ताक्षर स्थगित गर्नेबाहेक अरू कुनै पनि विषयमा सहमति नभएको दाबी गरेको हो ।

यसैबीच प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले प्रधानमन्त्री र कार्यकारी अध्यक्षबीच सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ताबाहेक अरू कुनै पनि सहमति नभएको बताउनुभयो । उहाँले बैठकमा पेस भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गरिने बताउँदै राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्