हिमालयन बैंकले गठन गर्‍यो मर्जरका लागि समिति



काठमाडौँ । निजी क्षेत्रको अग्रणी बैंक हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिले मर्जर तथा प्राप्तिका लागि एक समिति गठन गरेको छ । बंैकका सञ्चालक सुनिलबहादुर थापाको संयोजकत्वमा मर्जर/एक्युजिसन उपसमिति गठन गरेको हो ।

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बंैकले अगाडि सारेको मर्जर/एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुशरण गर्दै बंैकद्वारा उक्त उपसमिति गठन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले जानकारी दिनुभयो ।

सञ्चालक समितिद्वारा गठित सो उपसमितिले मर्जर/एक्युजिसनका लागि उपयुक्त बंैक तथा वित्तीय संस्थाको खोजीका साथसाथै त्यसबारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ । बैंकले हालसम्म मर्जरको बारेमा कुनै निर्णय भने नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्