सरकारका सचिब तथा गीतकार आचार्यको गीति एल्बम ‘तिम्रो प्रेरणा’ले सार्वजनिक



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल सरकारका सचिब सुरेश आचार्य अर्थात गीतकार सियरा आचार्यद्धारा रचित गीति एल्बम तिम्रो प्रेरणाले सार्वजनिक भएको छ । मंगलबार राष्ट्रिय नाचघर जमलमा आयोजित एक कार्यक्रममा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एल्बमको बिमोचन गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सचिब आचार्यको प्रशासनिक क्षमता जस्तै गीत लेखनमा पनि उत्तिकै उर्जा देखिएको बताउनुभयो । मन्त्री भट्टराईले आचार्यको गीत लेखनको निरन्तरताको कामना गर्दै उहाँको गीत लेखनले नेपाली गीत लेखनको दुनियाँमा छुट्टै छाप छोड्न सफल होस् भन्ने कामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्कृति पुरुष सत्यमोहन जोशीले पठाउनु भएको गीतकार आचार्यको गीति यात्राको सफलताको शुभकामना सन्देश पढेर सुनाईएको थियो । सो अवसरमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने संगीत नाट्य एकेडेमीका कुलपति नारायणभक्त श्रेष्ठ रायन,गीतकार संघका अध्यक्ष चुडामणी देबकोटा ,बरिष्ठ संगीतबार टीका भण्डारी र चर्चित गायक प्रमोद खरेलले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

पुर्वमन्त्री तथा गीतकार एस पी कोईराला र पुर्ब मुख्य सचिब तथा गीतकार बिमल कोईरालाले गीतमाथि टिप्पणी गर्दै आचार्यको गीत लेखन गहन र मन छुने रहेको बताउनुभयो । गीतकार द्घयले भावनामा रम्ने गीतकार आचार्यको गीत लेखनको साधनाले निरन्तरता पाओस् भन्नुभयो ।

बिमोचन कार्यक्रममा गीतकार आचार्यले गीत लेखनको परिस्थितिको बारेमा चर्चा गर्दै आफ्नो लेखनमा प्रेरणा,सहयोग र उर्जा प्रदान गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।उहाँले एल्बमको बिमोचन आफना पिताको हातबाट समेत गर्ने ईच्छा रहेको भए पनि पिताको आकस्मिक निधनले त्यो ईच्छा पुरा हुन नसकेको बताउनुभयो ।

बिमोचन कार्यक्रमका अवसरमा गीत तथा म्युजिक भिडीयो समेत प्रस्तुत गरिएको थियो ।किरण क्रियशनले बजारमा प्रस्तुत गरेको एल्बम तिम्रो प्रेरणाले मा समेटिएका गीतमा बिभिन्न चर्चित गायक ,गायिकाको सुमधुर आवाज र संगीतकारको संगीत सुन्न पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्