रुपन्देहीमा २ जनाको मृत्य, ५६ गोरु सहित ३ जना पक्राउ



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीमा बुधवार भएका अलग अलग घटनामा परि २ जनाको मृत्यु भएको छ भने चोरी पैठारी गदै गरेको ५६ वटा गोरुलाई प्रहरीले २ ट्रक सहित नियन्त्रणमा लिएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ कालिदह बस्ने बर्ष २४ को मुकेश चाँइको श्रीमती बर्ष २३ की सम्झना चाँइ घरमा करेन्ट लागेर मृत्यु भएको छ ।

घटनाको वारेमा ईप्रका लुम्बिनीले आवश्यक अनुसन्धान गरिरहेका जनाएको छ । त्यस्तै जिल्ला रुपन्देही ओमसतिया गा.पा.२ ठुटीपिपल स्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको लु.२ ख १४१५ नं.को माईक्रोबसले ठक्कर दिंदा मोटरसाईकल चालक देवदह नगरपालिका वडा नम्बर ११ जयपुर बस्ने वर्ष २३ को राजु थारूको घटनास्थलमा नै मृत्यु भएको छ ।

लु.४१ प.९२५४ नं.को मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक राजु थारूको घटनास्थलमा नै मृत्यु भएको,र बस, बस चालक र मो.सा प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले सैनामैना नगरपालिका वडा नम्बर १० महेन्द्र राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटीई गएको प्रहरी टोलीले पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको ना ६ ख १४४१ नम्बरको ट्रक सहित २४ वटा गोरू वरामद गरेको छ ।

गोरू र ट्रक चालक प्रकाश रूवाली र सहचालक दुबराज भुजेललाई पक्राउ गरेको जनाएको छ । त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं.२ जितगढी चेकजाँच गर्ने क्रममा ना ५ ख १०१५ नम्बरको ट्रकमा ३२ वटा गोरुहरु लोड गरी लिई आएको उक्त ट्रककालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले ट्रक चालक जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.३ बस्ने वर्ष ३४ को विजय श्रेष्ठलाई पक्राउ गरेको छ । ट्रक सहित गोरु तस्करलाइ थप कारबाहीको लागी पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्