चन्द्रमाको भन्दा कम दुरीमा छुद्रग्रह, ठोक्किने सम्भावना न्युन



पासाडेना (एजेन्सी)

नासाले बुधबार राती अर्थात डिसेम्बर १६ मा पृथ्वीको कक्षबाट अन्यन्त नजिक एक छुद्रग्रह आउने जनाएको छ । छुद्रग्रह २०२०एक्सएफ४ पृथ्वीबाट ३ हजार ४३ हजार किलोमिटर भन्दा कम दुरीबाट प्रस्थान हुने नासाले जनाएको छ । यो दुरी चन्द्रमा र पृथ्वीबीचको दुरी भन्दा कम हो । पृथ्वी र चन्द्रमाबीचको औषत दुरी ३ हजार ८४ हजार ४ सय किलोमिटर छ ।

पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह मंगलग्रहको दुरी ६ करोड ७० लाख माइल छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले उक्त छुद्रग्रहलाई नजिकबाट निगरानी राख्दै आइरहेको छ । यो छुद्रग्रह करिब ६२ फिटको हो । पृथ्वीबाट यति नजिक आउने भएपनि यो छुद्रग्रह धर्तिसँग ठोक्किने सम्भावना नभएको नासाले जनाएको छ ।

छुद्रग्रह २०२०एक्सएफ४ ले १५ हजार २ सय ३४ माइल प्रतिघन्टाको बेगमा परिक्रमा गरिरहेको छ, यो गति अत्यन्त धेरै मानिन्छ । पार्कर स्पेस प्रोब सबैभन्दा तिब्र बेगको मानव निर्मित वस्तु हो जुन ५ हजार ६ सय ३७ माइल प्रतिघन्टाको बेगले परिक्रमा गर्छ । यदी कुनै तिब्र गतिको अन्तरिक्ष बलय पृथ्वीबाट ४६ लाख ५० हजार माइल भन्दा कम दुरीमा आउने सम्भावना हुन्छ भने त्यसलाई स्पेस अर्गनाइजेसन खतरनाक मान्छ ।

नासाको सन्ट्री सिस्टमले यसता खतराहरुमा पहिले देखि नै निगरानी गर्दै आइरहेको छ । आगामी १ सय बर्षमा पृथ्वीसँग ठोक्किन सक्ने सम्भावना रहेका यस्ता छुद्रग्रह २२ वटाको पहिचान गरिएको छ ।
यसअघि नोभेम्बर २ मा पनि पृथ्वीको नजिकबाट एक छुद्रग्रह गुज्रेको थियो ।

प्रतिक्रिया दिनुहोस्