बहु सांस्कृतिक झापा नाटक घर निर्माणका लागि इन्द्रेणीको चासो



न्युज अफ नेपाल, भद्रपुर ।

झापामा निर्माणाधीन अबस्थामा रहेको बहुजातीय, बहुभाषी, बहु साँस्कृतिक सङ्ग्रहालय सहितको झापा नाटक घर निर्माणका लागि काठमाण्डौंको इन्द्रेणी परिवारले समेत चासो राखेको छ । विर्तामोड १ स्थित देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन अवस्थामा रहेको सो घर निर्माणका लागि इन्द्रेणी साँस्कृतिक केन्द्रीय परिवारले निर्माण स्थलमै आएर एक साँस्कृतिक कार्यक्रम सम्पन्न गर्दै अन्तराष्ट्रिय स्तरसम्म सहयोगका लागि आव्हान गरेको हो ।

समूहका व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा इन्द्रेणी विकास संस्थाका अध्यक्ष कृष्ण कडेँल तथा विशिष्ट अतिथिहरु झापा क्षेत्र न.२ की सङ्घीय सांसद पवित्रा निरौला खरेल, सांसद बिमला बि क, प्रदेश सांसद एकराज कार्की , विर्तामोड नगरपालिका उपमेयर पबित्रा महतारा प्रसाइ, कार्यकारी अधिकृत गणेश दहाल, सामाजिक अभियन्ता राजकुमार पोखरेल, विर्तामोड वडा नम्वर १ का अध्यक्ष अग्निप्रसाद पाण्डे, वडा न २ का अध्यक्ष नगेन्द्रप्रसाद सङ्गौला , वडा न ३ का अध्यक्ष भोजराज सिटौला, वडा न ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, साँस्कृतिक अभियन्ता मोहन बि क, विर्तामोड उद्योग बाणिज्य सङ्घ उपाध्यक्ष ,पार्वता खरेल बिमली, नेपाल अलैंची विकास संस्थाका केन्द्रीय महासचिव सुभाष भट्टराई , समुहका सल्लाहकार ओम बिमली, सामाजिक व्यक्तित्व डिल्लीराम सिटौला लगायत सहभागी थिए ।

समुहका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधव कल्पितको शब्द रचना र गोबिन्द रहपाल को सङ्गीतमा क्षितिज सङ्गीत साधना प्रतीष्ठान झापाका कलाकारद्वारा स्वागत गानबाट सुरु गरिएको कार्यक्रममा नौमति बाजा, च्याब्रुरुङ, नेवारी संस्कृति तथा सरगम सङ्गीतालय झापाका कलाकार तथा गायक अर्जुन खरेल, जितेन्द्र श्रेष्ठ, निरज पोखरेलको समावेशी गायन कला प्रस्तुती रहेको थियो ।

गन्धर्ब पेशा र बहुुजातीय पहिचानलाई उजागर गर्दै झापा नाटक घर निर्माणका लागि सहयोग जुटाउने उद्देश्य बोकेर आएको इन्द्रेणी परिवारले मेरो टोपी रिङ्के बुङ्को राँगोलाई लगायतका गीत प्रस्तुत गरेको थियो । केन्द्रीय कलाकार कृष्ण कडेल, राजेश घतानी, छत्र शाही, मनमाया वाइवा,कृष्ण बजगाइ ,अच्युत दहाल लगायतका कलाकारको उत्कृष्ट प्रस्तुतिमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्