झण्डै पचास प्रतिशत आप्रवासी कामदार संक्रमित



सिगापुर सिटी, (एजेन्सी)

सिंगापुरको एक मानवअधिकारवादी समुहले विगत नौ महिनाको अवधि भित्र झण्डै पचास प्रतिशत सिंगापुरका आप्रवासी कामदारमा कोभिड १९ संक्रमण देखिएको दावी गरेको छ । पछिल्लो सरकारी तथ्यांकका अनुसार हाल त्यहाँ १ लाख ५२ हजार विदेशी कामदार अर्थात ४७ प्रतिशत कोरोना भाइरस संक्रमित रहेका छन् ।

तुलनात्मक रुपमा भन्ने हो भने महामारी शुरु भए यता लन्डनको जनसंख्याको ११ प्रतिशत मात्र संक्रमित हुन पुगेका छन् । त्यसैगरी कामदारहरुलाई गणना नगर्ने हो भने सिंगापुरभरि ४ हजार भन्दा कम व्यक्तिलाई मात्र कोरोना भाइरस लागेको छ ।
अधिकाशं पुरुष कामदारहरु ठूलो संख्यामा एउटै आवासमा रहने र कोठामा धेरैजना कोचिएर बस्ने हुनाले गत अप्रिलमा महामारीले विस्फोटको रुप लिएयता सबैभन्दा बढि क्वारेन्टाइनमा बस्नेमा यि आप्रवासी कामदार नै रहेका छन् ।

कम ज्यालामा काम गर्न सिंगापुरमा दक्षिण एसियाबाट कामदारहरु आउने गरेका छन् । तिनीहरु निर्माण तथा उत्पादन क्षेत्रमा काम गर्ने गर्छन् । ति संक्रमित कामदारहरु माथि सामान्य आवत जावत माथि समेत प्रतिवन्ध लागइएको छ । सो वन्देज आगामी वर्ष मात्र हटाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्