पोर्नहबले लाखौ यौन भिडियो हटायो



न्युयोर्क, (एजेन्सी)

वयष्कहरुका लागि चर्चित भिडियो साइट पोर्नहवले आफ्नो साइटबाट थुप्रै यौनजन्य भिडियो हटाएको छ । साइटमा अवैध सामग्री राखिएको भन्ने विवाद उठेपटिछ सम्पूर्ण प्रमाणिकरण नभएका भिडियो हटाइएको बताएको छ । विश्वकै सबैभन्दा लोकप्रिय र ठूलो भुक्तानी प्रदायक मास्टरकार्डले यसै विवादलाई लिएर गत साता साइट प्रतिको आफ्नो सहयोग र समर्थन फिर्ता लिएको थियो ।

न्युयोर्क टाइम्सको एउटा लेखमा सो साइट बाल यौन दुराचार र वलात्कारसंग सम्बन्धी भिडियोको कारण प्रदुषित रहेको उल्लेख गरिएको थियो । पोर्नहवले अब आफ्नो साइटलाई अन्य कुनै पनि सामाजिक संजाल प्लेटफर्म भन्दा बढि अनुशासित र कडा बढाउन नयाँ नयाँ नियम र उपायहरु अपनाउन लागेको दावी गरेको छ ।

नयाँ नियम अनुसार अबदेखि यो साइटमा वैधानिकता प्राप्त कलाकारहरु सम्मिलित तथा यसको मोडल प्रोग्राममा सदस्यहरु रहेका अनुमति प्राप्त भिडियोलाई मात्र अनलाइनमा राखिने भएको छ । हाल सम्म यस साइटमा अधिकांश परिमाणमा अनुमोदित नभएका समुहका सदस्यहरुद्वारा अपलोड गरिएका मनोरन्जनात्मक अश्लिल सामग्री राखिएका छन् ।
नयाँ नीति अनुरुप यस साइटबाट लाखौंको संख्यामा भिडियो निकालिएको छ ।

तर पोर्नहवले आफु माथि राम्रो नराम्रोको सुझाव दिने भन्दा पोर्नोग्राफीलाई नै अन्त्य गर्ने लक्ष लिएका संघसंस्थाहरुले आक्रमण गरिरहेको समेत दावी गरेको छ । तर न्युयोर्क टाइम्सका अनुसार यस साइटले ति अवैध भनिएका सामग्रीलाई डिलेट नै चाहिं नगरेको बरु अफलाइन गरेको जनाएको छ ।

यसैबिच पोर्नहवले आगामी नयाँ वर्षमा आफुले नियमित प्रयोगकर्ताहरुका लागि अनुमोदन प्रणाली लागु गर्ने योजना बनाएको पनि जनाएको छ । यसको अर्थ अब यस साइटमा राखिने कुनै पनि सामग्री फेसबुक,इन्स्टाग्राम , टिकटक , युट्युव , स्न्यापच्याट र ट्वीटर जस्त प्लेटफर्मबाट अपलोड सिफारिस हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्