बेलायतमा कोरोनाको नयाँ स्ट्रेन, लकडाउनको घोषणा



लन्डन (एजेन्सी) ।

बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन तिब्र गतिमा फैलिरहेको स्वास्थ्य मन्त्री मेट हेनककले चेतावनी दिएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमणको स्थिति अत्यन्त गम्भिर बन्दै गइरहेको छ । कोरोना संक्रमणको नयाँ लहरको खतरालाई ध्यानमा राख्दै देशमा लकडाउनको घोषणा गरिएको छ । देशको दक्षिणपुर्व इलाकामा १ करोड आवादी माथि टियर ३ सटडाउन लागु गरिएको छ । यसले फेरी एक पटक ब्यापार तथा ब्यवसायलाई धक्का लाग्ने आशंका गरिएको छ ।

लन्डन लगायत हर्टफोर्डसायर र एसेक्स पनि लकडाउन भित्र पर्नेछ । योसँगै देशको ६० प्रतिशत आवादी माथि प्रतिबन्ध लागु हुने छ । यद्यपी ती इलाकामा डिसेम्बर २३ मा प्रतिबन्द खुकुलो हुने पनि हेनककले बताए । बेलायतमा सोमबार २० हजार २ सय ६३ संक्रमित पुष्टि भएको छ र यो गत हप्ता सोमबारको तुलनामा एक तिहाई बढी हो । भाइरस विरुद्ध सबैभन्दा ठुलो हतियार भनेको छिटो भन्दा छिटो आवश्यक कदम चाल्नु हो, पर्खनु होइन, हेनककले बताए । भविष्यमा थप कदम चाल्न सकिने सम्भावना अस्विकार गर्न नसकिने उनले बताए ।

क्रिसमसमा मित्र तथा परिजनसँग भेटघात गर्नु खतरनाक हुने चेतावनी दिँदै नागरिकलाई यस प्रकारको गतिविधिमा सतर्क रहनु पर्ने चेतावनी पनि दिए । वैज्ञानिकहरुलाई भाइरसको नयाँ स्ट्रेन प्राप्त भएको जुन बेलायतमा तिब्र गतिमा फैलिनुको कारण भएको हेनककले दावी गरे । प्रारम्भिक जाँचमा यो पहिलेका कोरोना भाइरसको तुलनामा तिब्र रुपमा बढिरहेको छ । तर यो धेरै घात नभएको र खोपको असर यसमा नहोला भन्ने चिन्ता पनि कम मात्र रहेको हेनककले बताए ।

बेलायत पहिलो त्यसतो देश हो जसले परीक्षण बाहिर नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन पार्टनर बायोएनटेकको एमआरएनए खोप दिन करिब ८ लाख नागरिकलाई पहिलो चरणमा लक्षित गरिएको छ । अहिलेलाई यो खोप भाइरसको खतरा धेरै भएका नागरिकहरुलाई दिइने छ ।

प्रतिक्रिया दिनुहोस्