कोराना भाइरस मार्न अल्ट्राभ्वाइलेट किरण प्रभावकारी हुने



न्युयोर्क (एजेन्सी) ।

अल्ट्राभ्वाइलेट अर्थात पराबैंगनी प्रकास उत्सर्जक डायोड, यूभीएलईडी कोरोना भाइरसलाई एकैछिनमा, सजिलै र किफायती तरिकाले मार्न प्रभावकारी प्रमाणित हुन सक्छ । विश्वमा कोविड १९ महामारीको कहरबीच एक नयाँ अध्ययनले उक्त तथ्य बाहिर ल्याएको हो । अध्ययनमा यस प्रविधिको प्रयोग वातानुकुल तथा जल प्रणालीमा पनि गर्न सकिने उल्लेख गरिएको छ ।

जर्नल अफ फोटोकेमिस्ट्री बी बायालोजी मा प्रकासित अनुसन्धान अन्तर्गत भाइरसको परिवारका कुनै पनि भाइरसमाथि यूभी एलईडी विकिरणको फरक फरक तरंगको रोग नास गर्ने क्षमताको आंकलन गरिएको छ । अमेरिका स्थित अमेरिकन फ्रेन्ड्स अफ तेल अभिव युनिभर्सिटीको अध्ययनकी सह लेखिका हदस ममनेले भनिन्, ‘पुरै विश्व कोरोना भाइरसलाई नष्ट गर्ने प्रभावकारी समाधान खोजिरहेको छ ।’

कुनै बस, ट्रेन, खेल मैदान वा विमानलाई रासायनिक पदार्थ छर्केर संक्रमणमुक्त गर्नमा संलग्न ब्यक्ती तथा रसायनलाई सतहमा काम गर्न समयको आवश्यकता हुने वैज्ञानिकहरुले बताएका छन् । ममनेले भनिन्, ‘एलईडी बल्बमा आधारित संक्रमणमुक्त गर्ने प्रणाली वायु विचरण प्रणाली र एयर कन्डिसनरमा लगाउन सकिनेछ ।’

परावैंगनी किरण उत्सर्जित गर्ने एलईडी बल्बको मद्दतले कोरोना भाइरसलाई मार्न अत्यन्त सहज हुने उनले बताइन् । आफुले सस्तो र सहज उपलब्ध हुने एलईडी बल्बको मद्दतले भाइरसलाई मारेको उनी बताउँछिन् । यो प्रणालीलाई ब्यक्ती प्रकासको सिधा सम्पर्कमा नआउने गरि डिजाइन गर्नु पर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । किनभने घर भित्र सतहलाई संक्रमण मुक्त गर्न युभी एलईडीको प्रयोग अत्यन्त खतरनाक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्