उमा कुङ्फुको ग्रेडिङ



काठमाडौं, (नेस) ।

नेपाल उमा कुङ्फु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । वसुन्धाराको ऋत एकेडेमीमा भएको ग्रेडिङमा ११ खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् ।

सहभागीहरूमा दीपक श्रेष्ठ, उद्धव थापामगर, कमल मगर, श्याम डंगोल, कुसुम तामाङ, सञ्जयराज पुटुवार, डोमा तामाङ, रवि महर्जन, सरिना घले, मनोज विन्दुकार र प्रतिमा राउत रहेका छन् ।

ग्रेडिङ सञ्चालन गर्न संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सञ्जितकुमार राईको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । उमा कुङ्फु फेडेरेसनका अध्यक्ष रिचार्ड होप्किन्सको निगरानीमा ग्रेडिङ सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी गराए । सहभागीलाई फेडेरेसनबाट प्राप्त प्रमाण पत्र पनि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्