खोटाङ र उदयपुर जोड्ने बेलिब्रिज सञ्चालनमा



रामधन राई, खोटाङ ।

खोटाङ र उदयपुर जोड्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्गअन्तर्गत फोक्सिन्टारथित सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको हो ।

बेलीव्रिज सञ्चालनमा आएपछि खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार सडक सञ्जालले जोडिएको छ । पुल गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान शुरु गरेको थियो । अस्थायी बेलिब्रिज आइतबारदेखि सञ्चालनमा ल्याइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाइ भएको अस्थायी बेलिब्रिज जडान गरिएको हो । १ सय १ किलोमिटर लामो बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सीधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने छोटो बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्