मुगु प्रशासन कार्यालय सेवामैत्री



नेपाल समाचारपत्र, मुगु ।

कुनै बेला मुगु जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने सेवाग्राहीले निकै सास्ती भोक्दै सेवा लिने गरेका थिए । तर, पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय मुगु सेवाग्राहीमैत्री बनेको छ । जसका कारण सधैंभरि सुनसान रहने प्रशासनमा भीडभाड लाग्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारीदेखि कार्यालय सहयोगीहरूले सहजरूपमा सेवा दिँदा सेवाग्रहीहरु उत्साहित भएका छन् । सरकारी कार्यालय र स्थानीय तहरुको सुविधा चुस्त नभएको भन्ने गुनासो आएसँगै आफूहरुले सेवा–सुविधामा सुधार ल्याएको हौं ।’ –प्रमुख जिल्ला अधिकारी कुष्णकुमार निरौलाले भन्नुभयो । उहाँका अनुसार दैनिक कार्यालयबाट प्रदान गरिने सेवा, सेवाग्राहीमैत्री बन्दै जाँदा कार्यालयका विगतका दिनभन्दा आजकल सेवा लिनेको संख्या निकै बढेको छ । पछिल्लो समय कार्यालयमा डिजिटल सूचना पार्टी, मोबाइल चार्जर स्थान, मोबाइल एप्स, सूचना केन्द्र, स्तनपान कक्ष जस्ता सुविधा दिएको निरौलाले बताउनुभयो ।

आजकल दैनिक नागरिता बनाउने २० देखि २५ जना, राहदानीको सिफारिस लिन, राष्ट्रिय परिचयपत्र दर्ता गराउने दैनिक ३० देखि ३५ जना सेवाग्राही आउने गरेका छन् ।

प्रशासन कार्यालयमा चिसोको समयमा ६० वर्षभन्दा माथिका वृद्धवृद्धा सेवा लिन आए चिसोबाट बच्नका लागि न्यानो कम्मल एक स्थान दिने गरिएको र १ सय जनालाई न्यानो बपडासमेत वितण गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
विगतका वर्षमा भन्दा अहिले प्रशासन कार्यालयमा आउँदा निकै सहज भएको खत्याड गाउँपालिका खमाले गाउँका सुजित बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्