मैलुङ – स्याफ्रुबेसि सडक को काम द्रुतरुपमा अगाडी बढ्दै



सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको मैलुङ देखि स्याफ्रु सम्मको १९ किलोमिटर सडकको काम दु्रत रुपमा अगाडि बढिरहेको छ । गल्छी-त्रिशुली-मैलुङ-स्याफ्रुबेसि-रसुवगढी सडक आयोजना प्रमुख नारायण दत्त भण्डारी का अनुसार मैलुङको सल्लेरी देखि स्याफ्रुबेसि सम्म १९ किमी सडक विस्तार अन्र्तगत नालि खन्ने ,सडक चौडा गर्ने, रिटेनिङ वाल लगाउने काम अगाडि बढाइरहेका छन् त्यसका लागी करिब दुई सय कामदार काम गरिरहेका छन् भने १२ वटा स्काभेटर छन् ।

राष्ट्रिय प्राथमिकतामा राखिएको यस सडक नेपाली सेनाले निर्माण सम्पन्न गरेको डबल लेनको रहेको छ । गत चैत्र ११ बाट देशैभर लकडाउन भएपछि रोकिएको काम हाल दु्रत रुपमा अगाडि बढेपछि तीन किलो मिटर सडक बनीसकेको छ । अब ६ देखि १२ मिटरको सम्म काम भइरहेको छ ।

भारत कन्स्ट्रक्सन सिद्धि शाहि जेवि ले ठेक्का पाएको यस सडक विस्तार गर्न एक अर्व ४५ करोड लाग्ने छ । अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने वेत्रावति -मैलुङ-स्याफ्रुबेसिको दुरी २९ किलो मिटर मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्