गोदाममा भण्डारण गरिएको ६५ किलो चाँदी प्रहरीको कब्जामा



कृष्णउदास खनाल,वीरगन्ज ।

पर्सा प्रहरीले भारी मात्रामा चाँदीका गहना बरामद गरेको छ । मंगलबार दिउँसो २ बजे वीरगन्ज महानगरपालिका ६ गहवाबाट प्रहरीले छापामारी गरि ६५ किलो भन्दा बढी परिमाणमा चाँदीका तयारी गहना बरामद गरेको हो । विशेष सुराकीको आधारमा मर्सस जयनरसिंह ज्वेलर्सको गोदामबाट चाँदीका तयारी गहना बरामद गरीएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक पन्तले चाँदीका तयारी गहना बरामद भएको पसल सुनिता कुमारी साहको नाममा रहेकोे बताउनुभयो । छापामारीका क्रममा चाँदीका गहना सहित पसलका संचालनक सुनिताका श्रीमान दीपक सरार्फलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका सरार्फ भारत सितामढी निवासी हुन् । बरामद भएको चाँदी र सरार्फलाई बुधबार बिहान राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाईने पन्तले जानकारी दिनुभयो । प्रहरीका अनुसार चाँदी पसलले सरार्फ बिगत केही बर्षदेखि वीरगन्जमा रहेर कारोबार गर्दै आइरहेका थिए ।उनीकी पत्नी भने नेपाली हुन् । चाँदीको बिषयमा थप अनुसंधान जारी नै रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्