सूर्य अवार्ड अब अमेरिकामा



सूर्य कर्पोरेसनले सन् २०१८ देखि नेपाली संगीत र फिल्म क्षेत्रका लागि आयोजना गर्दै आएको सूर्य इन्टरनेसनल अवार्डको तेस्रो संस्करण अमेरिकामा हुने भएको छ।

कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेका अनुसार अवार्ड आगामी सन् २०२१ मा अमेरिकामा हुनेछ। अवार्डको तयारी भने काठमाडौं र नोमिनेसन जापानको टोकियोमा हुनेछ। पहिलेको संकरणमा झैं अवार्डको औपचारिक जानकारी र फर्म खुला काठमाडौंमा गरिनेछ। अवार्ड समारोह संगीततर्फ ६ र फिल्मतर्फ ६ विधा राखिएको छ। जसमा फिल्मतर्फ उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता र सहअभिनेत्री समावेश छ। यस्तै संगीततर्फ पप, आधुनिक र लोक गरी ६ गायकगायिकालाई समावेश गराइनेछ।

प्रतिक्रिया दिनुहोस्