पिएसजी घरेलु मैदानमा पराजित, नेयमार घाइते



पेरिस, (एजेन्सी)  । 

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।

आइतबार राति लिगको १४औं साताको खेलमा पिएसजी पराजित भएको हो । घरेलु मैदानमा प्रमुख खेलाडी नेयमार घाइते भएको खेलमा पाहुना टोली लियोनले पिएसजीलाई १–० गोलअन्तरले स्तब्ध बनायो । नेयमार, एन्जल डि मारिया र मोइसे किनलाई सुरुआतमै खेलाए पनि पिएसजीले हार आत्मसात गर्न सकेन । दोस्रो हाफमा क्लियन एम्बाप्पेलाई मैदान उतारेको थियो । तर, उनको पनि यस खेलमा कुनै जादु चलेन ।

यससँगै पिएसजीले यो सिजन लिगमा चौथो हार व्यहोरको छ । लियोनका लागि खेलको ३५औं मिनेटमा टिनो काडेवेरले डीबक्स लाइनबाट हानेको प्रहारले जाली चुमेको थियो । ३५औं मिनेटमा गोल बेहोरेको पिएसजीले त्यसपछि खेलभरि नै थप गोल निकाल्न सकेन ।

यो जितपछि लियोनले १४ खेलपछि २९ अंक जोडेको छ । पराजित पिएसजीको भने समान १४ खेलपछि २८ अंक रहेको छ । यस खेलमा नेयमारले चोट बेहोरेर ९०औं मिनेटमा मैदान छाडेका थिए । विपक्षी खेलाडी थियागो मेन्डेसको फाउलमा परेर जोर्नीमा समस्या देखिएपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्