अन्तरिक्षमा मुला उमारियो



न्युयोर्क (एजेन्सी)

वैज्ञानिकहरुले पहिलो पटक अन्तरिक्षमा मुला उमारिएको छ । अन्तरिक्षमा उमारिएको ती मुला अर्को बर्ष मात्र पृथ्वीमा ल्याइने छ । नासाको अन्तरिक्षयात्री तथा प्mलाइट इन्जिनियर केट रुविन्सले पहिलो पटक इन्टरनेसनल स्पेस स्टेसनमा उमारिएको मुलाको फसल काटेको हो । केटले मुलाका २० विरुवा प्याक गरि सन् २०२१ मा पृथ्वीमा ल्याउन कोल्ड स्टोरेजमा राखिसकेका छन् ।

नासाको यो प्रयोगको नाम प्लान्ट हेबिटेट ०२ राखिएको छ । वैज्ञानिकहरुलाई विश्वास थियो, २७ दिन मै मुला तयार हुनेछ, त्यसैले यसलाई अन्तरिक्षमा केन्द्रमा उमार्न चयन गरिएको थियो । मुलाको यो फसलमा पोषक तत्व पनि छन् र खान लायक पनि छ । पातहरु हुने मुला फरक खालको फसल भएको नासाका योजना प्रबन्धक निकोल डुफोरले बताए । यसअघि अन्तरिक्षमा गहुँ उमारिएको थियो ।

फरक फरक प्रकारका तरकारी उमारेर अन्तरिक्षमा कस्ता खालका विरुवा उमार्न सकिन्छ जुन लामो समयसम्म रहने अन्तरिक्ष यात्रीहरुका लागि उपयोगी बन्न सक्छ भन्ने कुराको परीक्षण भइरहेको छ । नासाका अनुसार मुला उमार्न अत्यन्तै कम मात्र रेखदेखको आवश्यक हुन्छ ।

अन्तरिक्षको जुन कक्षमा यसलाई उमारिएको हो, त्यहाँ रातो, निलो, हरियो र सतो एलइडी लाइटको किरण दिइएको छ, ताकी विरुवा बृद्धी राम्रो होस् । अन्तरिक्षमा उमारिएका मुलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा उमारिएका मुलासँग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्