आगामी ४ देखि ६ महिना कोरोना महामारीे सबैभन्दा खराब हुनेछ : बिल गेट्स



UNSPECIFIED – JUNE 24: In this screengrab, Bill Gates speaks during All In WA: A Concert For COVID-19 Relief on June 24, 2020 in Washington. (Photo by Getty Images/Getty Images for All In WA)

न्युयोर्क (एजेन्सी)

विश्वमा कोरोना भाइरस संक्रमित ७ करोड २६ लाख नाघेको छ । यस महामारीको चपेटामा आएका ५ करोड ८ लाख भन्दा बढी ठीक भइसकेका छन् भने अहिलेसम्म १६ लाख भन्दा धेरैको ज्यान गइसकेको छ । अमेरिकी धनाध्य माइक्रोसफ्ट कम्पनीमा संस्थापक बिल गेट्सले आगामी ४ देखि ६ महिना महामारीका लागि सबैभन्दा खराब समय हुने बताएका छन् ।

इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभोलुसनका अनुसार यो अवधिमा २ लाख भन्दा धेरैको मृत्यु हुनेछ । यदि हामी नियमको पालना गर्ने, मास्क लगाउने र भिडमा नजाने हो भने यो मृत्युलाई धेरै हदसम्म रोक्न सक्छ । गेट्सले सीएनएनलाई दिएको अन्तरवार्तामा उक्त कुरा बताएको हो । खोप आएपछि सबैको अगाडी खोप लगाउने पनि उनले बताए ।

यसबीच बहराइनले चीनको फार्मा कम्पनी सिनोफार्मको खोपलाई अनुमति दिएको छ । खोप लगाउन नागरिकलाई अनलाइन रजिस्ट्रेसन सुरु गरिएको छ । १८ वर्ष भन्दा बढी उमेरका नागरिक निशुल्क खोप लगाउनका लागि पन्जिकरण गर्न सक्ने छ । सिनोफर्मको यो खोप इजिप्ट, बहराइन र जोर्डनमा तेस्रो चरणको परिक्षण चलिरहेको छ । बहराइनमा अहिलेसम्म ९ हजार १ सय ४३ जना संक्रमित पुष्टी र ३ सय ४ को मृत्यु भइसकेको छ ।

रुसमा विगत २४ घन्टामा २८ हजार संक्रमित भएका छन् । यहाँ अहिलेसम्म संक्रमित हुने संख्या २६ लाख नाघिसेकेको छ । ४६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी बेलायतमा २४ घन्टामा १ हजार ४ सय ४७ संक्रमित पुष्टी भएको छ र १ सय ४४ को मृत्यु भएको छ ।

बेलायतमा ६४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । नेसनल हेल्थ सर्विस (एनएचएस)का प्रमुखले प्रधानमन्त्री बोरिस जोनसनलाई पत्र मार्फत पछिल्लो स्थितिको जानकारी दिँदै डिसेम्बर २३ देखि २७ को बीच क्रिसमसको छुट्टिमा प्रतिबन्द कडा रुपमा लागु गराउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्