ऐतिहासिक क्षेत्रको पहिचान र संरक्षणमा साझा धारणा, सेनाले ग-यो तीन जिल्लामा १० स्थानको पहिचान



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुपाल्चोक जिल्लामा रहेका ऐतिहासिक पदमार्गहरु, कोट, गढी तथा किल्लाहरुको पहिचान र संरक्षण गर्ने उदेश्यले नेपाली सेना २६ नम्वर बाहिनी अड्डा भकुण्डेले सिन्धुपाल्चोकको चौतारामा रहेको गोरख बक्स गण लक्ष्मणडाँडा ब्यारेकमा तीनवटा जिल्लाका गणपति सहित सरोकारवालाहरुसँग अन्र्तक्रिया गरेको छ ।

मध्यपूर्वी पृतना हेडक्वाटरका पृतना उपरथी सुरेशकुमार कार्कीले अन्तर्गत कार्यक्रममा सम्बोधन गर्दै ऐतिहासिक क्षेत्रहरुको संरक्षण, ब्यवस्थापन, प्रचार प्रसार तथा स्थानीय सरोकारवालाहरुसँगको समन्वयमा प्रवद्र्धन गर्नु पर्ने बताउनु भयो । नेपाली सेनाले देशका सामरिक महत्व राख्ने ऐतिहासिक स्थलहरुको संरक्षण गरिरहेको बताउँदै पृतनापति उपरथी कार्कीले संरक्षित स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनको वातावरण तयार गर्ने, विद्यार्थीहरुलाइै शैक्षिक भ्रमण गराई पुस्तान्तरण गर्ने, ईतिहासका बारेमा अध्ययन अवलोकन गराउने, विद्यालयहरुमा बालबालिकाहरुलाई जानकारी गराउने, होर्डिङ्गबोर्ड र साईनपोस्टिङ्ग गर्न गण तथा गुल्महरुलाई निर्देशन दिनु भयो ।

‘एकिकरण पदमार्ग संरक्षण अभियानमा स्थानीय सरकार तथा प्रदेश र संघ सरकारको समन्वयले हौसला मिलेको छ’–पृतनापति उपरथी कार्कीले भन्नुभयो–‘नेपाली सेनाले देशभर नै ऐतिहासिक पदमार्गहरु, कोट, गढी तथा किल्लाहरुको पहिचान र संरक्षण गरिरहेको छ ।’ यो अभियानले स्थानीय क्षेत्रमा आर्थिक समृद्धीका लागि सहयोग पुग्ने लक्ष्य सेनाले लिएको छ । पर्यटकहरुको आगमन हुँदा होमस्टे संचालन गर्ने, उत्पादन बृद्धी गरी आय आर्जन गर्ने लगायतका कार्यहरु गर्न सहज हुनेछ ।

ऐतिहासिक क्षेत्रको संरक्षण पुर्खाहरुको सम्झना मात्रै नभई नेपाल एकिकरणमा भएका महत्वपूर्ण दस्ताबेजहरुको संरक्षण पनि हो । अन्र्तक्रिया कार्यक्रममा २६ नम्वर बाहिनी अड्डाका सहायक रथी विष्णु राउतले बाहिनीको कार्यक्षेत्र रहेका तीनवटा जिल्लाका ऐतिहासिक क्षेत्रका सन्र्दभमा साझा अवधारणा बनाउन सहज भएको बताउनु भयो ।

नेपाली सेनाले स्थानीयहरुको सहयोग तथा ऐतिहासिक दस्तावेजहरुका आधारमा काभ्रेपलाञ्चोक जिल्लाको ऐतिहासिक पदमार्ग पलाञ्चोक, भमरकोट, चौकोट, फुलबारीकोट, बुच्चाकोट, मेथिनकोट, धुलिखेल, शारदाकोट हुँदै पनौतीसम्म जाने ९ किलोमिटरको रुट तय गरेको छ । त्यस्तै फुलबारीकोट, पलाञ्चोक गढी, काभ्रेगढी, भवरकोटलाई मुख्य किल्लाका रुपमा लिएको छ ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लामा ऐतिहासिक पदमार्ग, दगुनागढी, साँगाचोकगढी, लिस्तिकोट रहेका छन् । दोलखा जिल्लामा च्यामा देउराली र भिरकोट हिले डाँडागढी रहेका छन् । सबै क्षेत्रका बारेमा नेपाली सेनाले सरोकारवालासँग समन्वय गरी संरक्षणको कार्य शुरु गरेको छ । तीनवटा जिल्लामा १० वटा स्थानलाई प्रमुख क्षेत्रका रुपमा सेनाले संरक्षण र प्रर्वद्धन गर्न शुरु गरेको छ ।

‘भावि पुस्तालाई समेत इतिहास र संस्कृतिका बारेमा जानकारी गराउन यो अभियान महत्वपूर्ण रहने छ’–सहायक रथी राउतले भन्नुभयो–‘ऐतिहासिक क्षेत्रको संरक्षणसँगै प्रचारप्रसार, ब्यवस्थापन र दिर्घकालिन रुपमा अपनत्व प्रमुख भएकाले सबै क्षेत्रको सहकार्य आवश्यक छ ।’

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सामरीक क्षेत्रको संरक्षणले मुलुकको हित गर्ने बताउनु भयो । नेपाली सेनाले मात्रै नभई यस्ता क्षेत्रहरुको संरुक्षण सबै तहबाट हुनु पर्ने प्रजिअ ढकालको भनाई थियो । पुरातत्व विभागका उप सचिव जयराम श्रेष्ठले गौरवका सम्पदाहरुको संरक्षणले नेपालीहरुको आयआर्जन बृद्धी गर्ने बताउनु भयो । नेपालका विभिन्न स्थानमा यत्रतत्र रहेका सम्पदाहरुको संरक्षण गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा विष्णु दल गण धुलिखेलका गणपति नरेश केसी, तारा गण दोलखाका गणपति अनिल केसी, गोरखबक्स गण सिन्धुपाल्चोकका गणपति निर्मलकुमार श्रेष्ठले तीनवटा जिल्लामा भएका ऐतिहासिक पदमार्गहरु, कोट, गढी तथा किल्लाहरुको पहिचान र संरक्षणका बारेमा भएका प्रयास, समस्या र सम्भावनाका बारेमा जानकारी गराउनु भएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा वर्द बहादुर गणका गणपति विजय थापा, श्री नम्वर २ का दिपक बरुवाल, सेनानी दिनेश न्यौपाने, इतिहासविद् मनिष यगोल, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सुब्बा सुनुवार, होटल ब्यवसायी रामप्रसाद गौतम, वडा अध्यक्षहरु, पत्रकार, उद्योगी तथा होटल ब्यवसायीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले ऐतिहासिक क्षेत्रको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसारका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्