कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको निधन



सउल ।दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहनुभएको थियो । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहनुभएको थियो । उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल ९बिआइएफएफ० का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिनुभयो ।

एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जित्नुभएको थियो । उहाँले एकसठ्ठीऔंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जित्नुभएको थियो । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जित्नुभएका उहाँले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जित्नुभएको थियो । ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्