भ्रष्टाचारी खोज्न बालुवाटार गए पुग्छ : गगन थापा



न्युज अफ नेपाल, काठमाडौं । 

नेपाली कांग्रेसका युवा नेता गगन थापाले भ्रष्टाचारी खोज्न अन्त कतै नगएर बालुवाटा्र गए पुग्ने भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । नेपाली कांग्रेसले घोषणा गरेको देशब्यापी बिरोध कार्यक्रम अन्तर्गत कैलालीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रटाचारको मुख्य अखडा बालुवाटार रहेको पनि बताए ।

‘बालुवाटारको चार आना जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री, उसलाई सिफारिस गर्ने मान्छे हिजो जेल गयो । सिफारिस गर्ने मान्छे जेल जाँदा तर खाने मान्छे चाहिँ अर्थमन्त्रीको कुर्सीमा बिराजमान हुनुहुन्छ’ उनले भने ।उनले उनले अघि भने,  ‘नेपाल सरकार संलग्न भएर भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन’ कांग्रेस नेता थापाले भने, भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन । बालुवाटार गए पुग्छ, सिंहदरबार गए पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्